काठमाडौं। आर्थिक वर्ष २०८१/८२ को अन्तिम दिन सेयर बजार दोहोरो अंकले बढेको छ। बुधबार नेप्से सूचक ३४.६१ अंकले उकालो लागेर २७९४.७८ विन्दुमा पुगेको हो।
कारोबारमा आएका १३ मध्ये व्यापारबाहेकका सबै समूह बढ्दा बजार कारोबारमा उच्च वृद्धि भएको हो। विकास बैंकको सूचक सर्वाधिक ३.८६ प्रतिशतले बढेको छ। लघुवित्त र निर्जीवन बीमाको सूचक १.८५ प्रतिशतले उकालो लागेको छ। वाणिज्य बैंकको १.५८ प्रतिशतको वृद्धि छ।
१९३ कम्पनीको सेयर मूल्य बढेको छ। कुमारी बैंकको ऋणपत्र र थ्रीस्टार हाइड्रोपावरको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ।
५५ कम्पनीका लगानीकर्ताले गुमाएका छन्। माई खोला हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ७.८७ प्रतिशतले ओरालो लागेको छ।
बजारमा १४ अर्ब ३ करोड ४८ लाख रुपैयाँको सेयर किनबेच भएको छ। बुटवल पावर कम्पनीको सर्वाधिक ६१ करोड ८७ लाख रुपैयाँको सेयर कारोबार भएको छ। यस्तै, राधी विद्युतको ५६ करोड ६९ लाख रुपैयाँको सेयर कारोबार भएको छ।