BIZMANDU
www.bizmandu.com

आजदेखि हिमालयन बैंकको एफपीओ खुला, ९२ लाख ५० हजार ४६९ कित्ता निष्कासन

२०८२ असार ३२

आजदेखि हिमालयन बैंकको एफपीओ खुला, ९२ लाख ५० हजार ४६९ कित्ता निष्कासन
आजदेखि हिमालयन बैंकको एफपीओ खुला, ९२ लाख ५० हजार ४६९ कित्ता निष्कासन

काठमाडौं । हिमालयन बैंकको थप सार्वजनिक निष्कासन (एफपीओ) आजबाट सर्वसाधारणका लागि खुला गरिएको छ।

Tata
GBIME
Nepal Life

बैंकले १ अर्ब ४५ करोड २३ लाख २३ हजार ६३३ रुपैयाँ बराबरको ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ निष्कासन गर्दैछ। एफपीओको सेयर मूल्य प्रति कित्ता १५७ रुपैयाँ तोकिएको छ।

बैंकले साधारण सेयर हिस्सा बढाउन एफपीओ जारी गर्न लागेको हो। बैंक तथा वित्तीय संस्थाको साधारण सेयर हिस्सा ३० प्रतिशत हुनुपर्ने व्यवस्था छ। बैंकको अहिले साधारण सेयर हिस्सा २७.०१ प्रतिशत छ।

आइतबार बैंकको प्रति कित्ता सेयर २२३ रुपैयाँमा कारोबार बन्द भएको छ। बैंकको हाल २१ अर्ब ६५ करोड रुपैयाँ चुक्ता पुँजी छ। बैंकको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल रहेको छ।