BIZMANDU
www.bizmandu.com

रुप्से होलिडेजले क्रिकेटर सुशील रावललाई हस्तान्तरण गर्‍यो घोषित १ लाख रुपैयाँ सहयोग

२०८२ असार ३२

रुप्से होलिडेजले क्रिकेटर सुशील रावललाई हस्तान्तरण गर्‍यो घोषित १ लाख रुपैयाँ सहयोग
रुप्से होलिडेजले क्रिकेटर सुशील रावललाई हस्तान्तरण गर्‍यो घोषित १ लाख रुपैयाँ सहयोग

काठमाडौं। रुप्से होलिडेजले क्रिेकेटर सुशील रावललाई घोषणा गरेको सहयोग रकम हस्तान्तरण गरेको छ। एसीसी यू-१६ इस्ट जोन कपमा नेपाललाई च्याम्पियन बनाउन महत्त्वपूर्ण भूमिका खेलेका रावलले सामाजिक सञ्जालमा आर्थिक सहयोगको अपील गर्दै पोस्ट गरेका थिए।

Tata
GBIME
Nepal Life

उनले यू-१९ छनोटको तयारी भारतमा गर्नुपर्ने र यसका लागि १ लाख रुपैयाँ हाराहारीको लागत आउने भन्दै सहयोगका लागि अपील गरेका थिए।  

रुप्से होलिडेजका प्रबन्ध निर्देशक रमेश पराजुलीले नेपाल क्रिकेट संघ (क्यान)का उपाध्यक्ष रोशन सिंहमार्फत रावलका लागि रकम दिएका हुन्। पराजुलीले रकम हस्तान्तरण गर्दै नेपाली क्रिकेटसँग जोडिन पाउँदा गर्व लागेको बताए।

रावलका लागि सहयोग रकम लिँदै उपाध्यक्ष सिंहले निजी क्षेत्रले पनि सहयोग गर्नु सम्मानको कुरा भएको भन्दै यस्तो सहयोगले नेपाली क्रिकेटलाई माथि उठाउन मद्दत मिल्ने बताए।

रुप्सेसँगै नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज टोलीले सुदूरपश्चिम रोयल्सले पनि रावललाई १ लाख रुपैयाँ सहयोग गरेको छ। त्यस्तै एसपीए कलेजले २५ हजार रुपैयाँ सहयोग गरेको छ। क्यानले यू-१६ च्याम्पियन बनेका खेलाडीलाई जनही ५० हजार रुपैयाँ पुरस्कारको घोषणा गरिसकेको छ।