काठमाडौं। प्रभु बैंक लिमिटेडका ग्राहक र कर्मचारीहरुले ललितपुरको झम्सिखेलस्थित होपफुल होराइजन नेपाल प्रालिमा मानसिक स्वास्थ्य सम्बन्धी सेवाहरुका शुल्कमा छुट पाउने भएका छन्।
यसका लागि बैंक र होपफुल होराइजनबीच समझदारी भएको हो। समझदारीपत्रमा होपफुल होराइजनका कन्सल्टेन्ट साइक्याट्रिस्ट डा. प्रकृति प्रधान र प्रभु बैंकका प्रमुख मार्केटिङ अफिसर रमेशकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन्।
छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले प्रभु बैंक लिमिटेडको डेबिट कार्ड, क्रेडिट कार्ड र प्रिभलेज कार्डमध्ये कुनै एक होपफुल होराइजन नेपालमा पेस गर्नु पर्नेछ।
होपफुलले अनुभवी विषेशज्ञहरुद्वारा मानसिक स्वास्थ्यसम्बन्धि सेवा प्रदान गर्दै आएको जनाइएको छ।