BIZMANDU
www.bizmandu.com

केहीदिनमै नेपाल भित्रिँदै ६० लाख पर्ने लिपमोटर बी१०, नाइमामा राखिनेछ प्रदर्शनमा

२०८२ असार ३१

केहीदिनमै नेपाल भित्रिँदै ६० लाख पर्ने लिपमोटर बी१०, नाइमामा राखिनेछ प्रदर्शनमा
केहीदिनमै नेपाल भित्रिँदै ६० लाख पर्ने लिपमोटर बी१०, नाइमामा राखिनेछ प्रदर्शनमा

काठमाडौं । चिनियाँ गाडी उत्पादक कम्पनी लिपमोटरको नयाँ गाडी लिपमोटर बी१० नेपालका लागि चीनबाट हिँडेको छ। लिपमोटरको नेपालका लागि आधिकारिक बिक्रेता सांग्रिला मोटर्सले उक्त गाडी नेपालको लागि हिँडेको जनाएको हो।

Tata
GBIME
Nepal Life

उक्त गाडी केही दिनमै नेपाली भित्रिनेछ। यो गाडी साउन २१ गतेदेखि सुरु हुने नाइमा नेपाल मोबिलिटी एक्स्पोमा देख्न पाइने छ। यो गाडीको मूल्य ५५ लाखदेखि ६० लाख रुपैयाँ हाराहारीमा हुने अनुमान गरिएको छ।

यसअघि नेपालमा आएका लिपमोटर सी१० र टी०३ ले राम्रै बजार लिएको थियो।

लीपमोटरको बी-१० एसयुभी नेपाली बजारमा १६० किलोवाट क्षमताको इलेक्ट्रीक मोटरमा उपलब्ध छ। यसको पीकटर्क २४० न्यूटन मिटर छ।

युरोपियन ब्राण्ड स्टेलान्टीसले यो ब्रान्डको स्वमित्व लिएर निर्माण गरिरहेको छ। यो गाडी चीनमा बुकिङ खुलेको २ दिनमा ३१ हजार बुकिङ भएको थियो।

यो गाडी लिपमोटरको इभी प्लेटफर्म ३.५ आर्किटेक्चरमा निर्माण भएको हो। यसमा एड्भान्स्ड ड्राइभर असिस्टेन्ट सिस्टम (एडास) फिचर पनि छ। जसमा स्मार्ट पार्किङसहितको १६ वटा फङ्सन छन्।

बी१० मा १४.६ इन्चको सस्पेन्डेड टचस्क्रिन, ८.८ इन्चको एलसिडि इन्स्ट्रुमेन्ट क्लस्टर र टु-स्पोक डि-आकारको स्टेयरिङ ह्वील छ। सेन्टर कन्सोलमा दुई वायरलेस चार्जिङ प्याड समावेश छन्। यसमा क्वालकम स्न्यापड्रागन ८२९५ चिप र क्लाउड-आधारित एआई भ्वाइस असिस्टेन्ट प्रयोग गर्दछ। बी१० मा १.८३-वर्ग-मिटर सनरुफ र १२ स्पिकरहरू समावेश छन्।

इन्ट्री लेभलको बी१० सिंगल मोटरद्वारा संचालित छ, जसले १७७ हर्सपावर प्रदान गर्छ। जुन ९.३ सेकेन्डमा ० देखि १०० किलोमीटर प्रति घन्टासम्मको गति लिन्छ। अझ शक्तिशाली भेरियन्टले २१४ हर्सपावर प्रदान गर्दछ, जसले गर्दा एक्सेलेरेशन समय ६.८ सेकेन्डमा घट्छ।

बी१० मा दुई ब्याट्री विकल्पहरू प्रदान गरिएको छ। जसमा फुल चार्जमा ५१० किलोमिटर रेन्ज दिने ५६.२ किलोवाट आवर एलएफपी ब्याट्री र ६०० किलोमिटर रेन्जको लागि ६७.१ किलोवाट आवर क्षमताको ब्याट्री उपलब्ध छ। जसले ब्याट्रीलाई लगभग २० मिनेटमा ३० देखि ८० प्रतिशतसम्म रिचार्ज गर्न सकिन्छ।