BIZMANDU
www.bizmandu.com

कर्णाली प्रदेशमा बढ्यो कर्जा लगानी, ५९ अर्ब २२ करोड लगानी हुँदा २७.३३% सेवा क्षेत्रमा

२०८२ असार ३०

कर्णाली प्रदेशमा बढ्यो कर्जा लगानी, ५९ अर्ब २२ करोड लगानी हुँदा २७.३३% सेवा क्षेत्रमा
कर्णाली प्रदेशमा बढ्यो कर्जा लगानी, ५९ अर्ब २२ करोड लगानी हुँदा २७.३३% सेवा क्षेत्रमा

काठमाडौं। कर्णाली प्रदेशमा कर्जा लगानी उच्च रुपमा बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार कर्णालीमा कर्जा लगानी २५.२० प्रतिशतले बढेर ५९ अर्ब २२ करोड रुपैयाँ पुगेको छ।

Tata
GBIME
Nepal Life

सेवा क्षेत्रमा कर्जा लगानी २७.३३ प्रतिशतले बढेर ५० अर्ब २७ करोड ३६ लाख रुपैयाँ पुगेको छ। यो रकम प्रदेशमा प्रवाह भएको कुल कर्जाको ८४.८९ प्रतिशत हो।

त्यसैगरी, औद्योगिक क्षेत्रमा जाने कर्जा १४.९५ प्रतिशतले बढेर ३ अर्ब ७९ करोड ५६ लाख पुगेको छ। धातुका उत्पादन मेसिनरी तथा ईलेक्ट्रोनिक्स सम्बन्धी उद्योगमा प्रवाहित कर्जा सबैभन्दा बढी २९.४५ प्रतिशतले वृद्धि भएको छ भने कृषि, वन तथा पेय पदार्थ उत्पादन सम्बन्धी उद्योगमा प्रवाहित कर्जामा १५.२९ प्रतिशतले कमी आएको छ।

कृषि क्षेत्रमा प्रवाहित कर्जामा १४.०१ प्रतिशतले बढेर ५ अर्ब १५ करोड ५६ लाख पुगेको छ। कुल कृषि कर्जामध्ये सबैभन्दा बढी बीउबिजन शीर्षकमा ११ लाख पुगेको छ।

यस प्रदेशमा प्रवाहित कुल कृषि कर्जामध्ये सबैभन्दा धेरै १ अर्ब ८५ करोड ८२ लाख सुर्खेत जिल्लामा प्रवाहित भएको छ भने सबैभन्दा कम १३ करोड ७५ लाख मुगु जिल्लामा प्रवाहित भएको देखिन्छ।