BIZMANDU
www.bizmandu.com

महालक्ष्मी विकास बैंकको स्वतन्त्र संचालकमा अश्विनी कुमार ठाकुर नियुक्त

२०८२ असार २९

महालक्ष्मी विकास बैंकको स्वतन्त्र संचालकमा अश्विनी कुमार ठाकुर नियुक्त
महालक्ष्मी विकास बैंकको स्वतन्त्र संचालकमा अश्विनी कुमार ठाकुर नियुक्त

काठमाडौं। महालक्ष्मी विकास बैंकको स्वतन्त्र संचालकमा अश्विनी कुमार ठाकुर नियुक्त भएका छन्। संचालक समितिको असार २० गते बसेको बैठकले ठाकुरलाई स्वतन्त्र संचालकमा नियुक्त गर्ने निर्णय गरेको थियो।

Tata
GBIME
Nepal Life

बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ को दफा १४(३) मा भएको व्यवस्था बमोजिम ठाकुरलाई स्वतन्त्र संचालकका रुपमा नियुक्त गरिएको बैंकले जनाएको छ।

आइतबार बैंकको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बीच उनले पद बहाली गरेका छन्। साथै, सोही कार्यक्रममा बैंकको संचालक समिति सदस्यहरूले संयुक्त रुपमा उनलाई शुभकामना समेत व्यक्त गरेका छन्।

ठाकुरसँग नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक, राष्ट्रिय जीवन बीमा कम्पनी (साविकः राष्ट्रिय बीमा संस्थान) को प्रमुख कार्यकारी अधिकृत तथा मध्यपश्चिमाञ्चल ग्रामीण विकास बैंक, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड, अपर तामाकोशी हाइड्रोपावर लिमिटेड, नेसनल बैंकिङ इन्स्टिच्युट लिमिटेड लगायतका संस्थाको बोर्ड सदस्यको जिम्मेवरीमा रही काम गरेको अनुभव छ।