काठमाडौं। नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि बजारबाट ५० अर्ब रुपैयाँ उठाउन लागेको छ। राष्ट्र बैंकले बोलकबोलमार्फत ४ दिने अवधिको ५० अर्ब रुपैयाँ उठाउन लागेको हो।
यसका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुसँग प्रस्ताव मागेको छ। आइतबार अपराह्न ३ बजे अनलाइनमार्फत बोलकबोल हुनेछ।
राष्ट्र बैंकले साँवा तथा ब्याज साउन १ गते भुक्तानी गर्नेछ। राष्ट्र बैंकले यसअघि निक्षेप संकलन उपकरणमार्फत खिचेको ३ खर्ब ६९ अर्ब रुपैयाँ परिपक्व हुन बाँकी छ।