BIZMANDU
www.bizmandu.com

‘इसीबीले ब्याजदर घटाउन हतार गर्नु हुँदैन, अहिलेका दरले ऋणीलाई रोकिरहेका छैनन्’

२०८२ असार २८

‘इसीबीले ब्याजदर घटाउन हतार गर्नु हुँदैन, अहिलेका दरले ऋणीलाई रोकिरहेका छैनन्’
‘इसीबीले ब्याजदर घटाउन हतार गर्नु हुँदैन, अहिलेका दरले ऋणीलाई रोकिरहेका छैनन्’

फ्रयांकफर्ट (जर्मनी)। युरोपेली केन्द्रीय बैंक (इसीबी)ले ब्याजदर कटौतीमा गर्न हतार गर्नु नहुने जनाएको छ। इसीबीका कार्यकारी बोर्ड सदस्य इसाबेल स्केनाबेलले शुक्रबार प्रकाशित एक अन्तर्वार्तामा तत्काल फेरि ब्याजदर कटौती गर्न हतार गर्नु नहुने बताएकी हुन्।

Tata
GBIME
Nepal Life

‘हामी राम्रो अवस्थामा छौं,’ युरो क्षेत्रमा उत्पादन र वृद्धिको मजबुत आँकडालाई इङ्गित गर्दै उनले वित्तीय समाचार सेवा इकोनोस्ट्रिम मिडियासँग भनिन्। उनका अनुसार इसिबी अन्तर्गतका बैंकहरूको हालको दरहरूले ऋणीहरूलाई रोकिरहेका छैनन्।

‘विनिर्माण क्षेत्रमा सुधार जारी छ। सबै अग्रगामी सूचकहरूले आश्चर्यजनक रूपमा उनीहरूको वृद्धिको प्रवृत्तिलाई जारी राखेका छन्,’ उनले भनिन्, ‘यसको अर्थ अर्को दर कटौतीका लागि सम्भावना धेरै उच्च छ।’

डलरको तुलनामा युरोको पछिल्लो मजबुतीले मुद्रास्फीतिलाई इसीबीको २ प्रतिशतको लक्ष्यभन्दा तल धकेल्न सक्छ कि भनेर सोधिएको प्रश्नमा स्केनाबेलले आफू सशंकित रहेको बताइन। ‘विनिमय दरको मूल्यवृद्धिले अन्तर्निहित मुद्रास्फीतिमा तलको दबाब दिने डर अतिरञ्जित छ,’ उनले भनिन्।

‘धेरै युरोपेली आयातकर्ताहरूले सम्भवतः उपभोक्ताहरूलाई बचत हस्तान्तरण नगरेर आफ्नो लागि कम आयात लागत सुरक्षित राख्नेछन्,’ उनले त्रक छ। युरोको पछिल्लो शक्तिले नै युरोजोनमा नयाँ आर्थिक शक्ति प्रतिबिम्बित गरेको उनले बताइन। ‘मैले नयाँ आर्थिक वर्षको पहिलो ६ महिनामा मुद्रास्फीतिको निरन्तर न्यूनीकरणको कुनै जोखिम देख्दिनँ,’ स्केनाबेलले भनिन्।

हालै पोर्चुगलमा आयोजित एक इसीबी कार्यक्रममा अमेरिकी फेडरल रिजर्भका अध्यक्ष जेरोम पावेलसँग भेटेकी स्केनाबेलले राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्याजदर छिटो घटाउन माग गरिरहेको अवस्थामा फेडले आफ्नो स्वतन्त्रता कायम राख्न सक्नेमा आफू आशावादी रहेको बताइन।

‘स्वतन्त्रताको एउटा ठोस फाइदा यो हो कि यसले जोखिम लाई कम गर्दछ,’ उनले भनिन्, ‘ट्रम्पको आक्रमणहरू आत्म–पराजित साबित हुन सक्छन्। इसीबीले जुलाई २४ मा आफ्नो अर्को दर निर्धारण बैठक आयोजना गर्नेछ र उक्त बैठकले लगातार सात कटौतीपछि दरहरू स्थिर राख्ने अपेक्षा गरिएको अधिकांश पर्यवेक्षकहरूले विश्वास गरेका छन्। -एएफपी/रासस