काठमाडौं। माछापुच्छ्रे बैंकले सुदूरपश्चिम प्रदेशको महाकाली प्रादेशिक अस्पताललाई वाटर चिलर हस्तान्तरण गरेको छ।
गर्मी मौसममा अस्पतालमा उपचारका लागि आउने बिरामी र कुरुवा तथा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूलाई लक्षित गर्दै स्वच्छ पिउने पानीको पहुँच सुनिश्चित गर्न बैंकले वाटर चिलर सहयोग गरेको जनाएको छ।
शुक्रबार बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख मनिष उपाध्याय तथा स्वास्थ्य तालिम केन्द्र धनगढी कैलालीका महाप्रबन्धक नरेन्द्र सिंह कार्कीले महाकाली प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट अर्जुन भट्टलाई उक्त उपकरण संयुक्त रुपमा हस्तान्तरण गरेका छन्।
बैंकले अस्पतालमा दैनिक सयौं सेवाग्राहीहरूको आवागमन हुने तर स्वच्छ पिउने पानीको व्यवस्था नहुँदा समस्या देखा परेको जानकारी पाएपछि उक्त वाटर चिलर प्रदान गरिएको जानकारी दिएको छ। यसबाट स्वास्थ्य सेवा प्राप्त गर्न आउने सर्वसाधारणहरूलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा बैंकले गरेको छ।