BIZMANDU
www.bizmandu.com

आयल निगम संचालक समितिले पायो पूर्णता, अर्थमन्त्रीले पठाए सहसचिव बराललाई

२०८२ असार २५

आयल निगम संचालक समितिले पायो पूर्णता, अर्थमन्त्रीले पठाए सहसचिव बराललाई
आयल निगम संचालक समितिले पायो पूर्णता, अर्थमन्त्रीले पठाए सहसचिव बराललाई

काठमाडौं। नेपाल आयल निगमको संचालक समितिले दुई महिनापछि पूर्णता पाएको छ। निगमको संचालक समितिमा अर्थ मन्त्रालयले आफ्ना प्रतिनिधि २ महिनापछि पठाएको हो।

Tata
GBIME

निगमको संचालक समितिमा अर्थ मन्त्रालयले सहसचिव महेश बराललाई पठाएको छ। बराल नेपाल धितोपत्र बोर्डको पनि संचालक समिति सदस्य छन्।

वाणिज्य सचिवको अध्यक्ष रहने निगमको संचालक समितिमा वाणिज्य मन्त्रालय र अर्थ मन्त्रालयका एक एक सहसचिव, गुणस्तर तथा नापतौल र उद्योग वाणिज्य तथा आपूर्ति विभागका महानिर्देशक, एक जना विज्ञ र निगमका कार्यकारी निर्देशक सदस्य रहने व्यवस्था छ।

अर्थका सहसचिव नहुँदा निगम सञ्चालक समितिले आर्थिक एजेन्डाहरुमा निर्णय लिएको थिएन।