BIZMANDU
www.bizmandu.com

कांग्रेसको दबाबसामु टिकेन सरकारको अडान, कार्यसूचीबाट हट्यो भूमि विधेयक

२०८२ असार २५

कांग्रेसको दबाबसामु टिकेन सरकारको अडान, कार्यसूचीबाट  हट्यो भूमि विधेयक
कांग्रेसको दबाबसामु टिकेन सरकारको अडान, कार्यसूचीबाट हट्यो भूमि विधेयक

काठमाडौं । प्रतिनिधिसभाको कार्यसूचीबाट भूमि विधेयक हटेको छ। नेपाली कांग्रेसको दबाबपछि कार्यसूचीबाट भूमि विधेयक हटाइएको हो।

Tata
GBIME

सरकारले प्रतिनिधि सभाबाटै विधेयक पारित गर्ने तयारी गरेको थियो। तर, कांग्रेसले समितिमा पठाएर छलफल गर्नुपर्ने अडान राखेको छ।

अन्य दलहरुले पनि भूमि विधेयक पारित गर्न नहुने बताउँदै आएको छ।

घरजग्गा व्यवसायीलाई सहजरुपमा व्यवसाय गर्न दिने र सुकुम्बासीलाई जग्गा दिने विषयमा संशोधन आवश्यक देखिएको कांग्रेसको ठहर छ। भूमिसम्बन्धी विधेयकमा असन्तुष्टिस्वरुप कांग्रेसले सैद्धान्तिक छलफलमा सक्रियतापूर्वक भाग लिनै अस्वीकार गरेको थियो।