BIZMANDU
www.bizmandu.com

एसियन लाइफ इन्स्योरेन्सले निष्कासन गर्‍यो हकप्रद सेयर, आवेदन भर्ने म्याद साउन १३ सम्म

२०८२ असार २५

एसियन लाइफ इन्स्योरेन्सले निष्कासन गर्‍यो हकप्रद सेयर, आवेदन भर्ने म्याद साउन १३ सम्म
एसियन लाइफ इन्स्योरेन्सले निष्कासन गर्‍यो हकप्रद सेयर, आवेदन भर्ने म्याद साउन १३ सम्म

काठमाडौं। एसियन लाइफ इन्स्योरेन्सले हकप्रद सेयर निष्कासन गरेको छ। कम्पनीले बुधबारदेखि हकप्रद सेयर निष्कासन गरेको हो।

Tata
GBIME
Nepal Life

इन्स्योरेन्सले १:४२ अनुपातमा प्रति सेयर १०० रुपैयाँ दरले १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद सेयर निष्कासन गरेको छ।

इन्स्योरेन्सका सेयरधनीले हकप्रदमा साउन १३ गतेसम्म आवेदन दिन सक्नेछन्।

इन्स्योरेन्सले चुक्ता पुँजी वृद्धि गर्न हकप्रद सेयर निष्कासन गरेको हो। नेपाल बीमा प्राधिकरणले लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ तोकेको छ।

इन्स्योरेन्सको चुक्ता पुँजी अहिले ३ अर्ब ३९ करोड रुपैयाँ छ।