BIZMANDU
www.bizmandu.com

ब्राजिलियन क्लब फ्लुमिनेन्सलाई हराउँदै इङ्ग्लिस क्ल्ब चेल्सी विश्वकपको फाइनलमा

२०८२ असार २५

ब्राजिलियन क्लब फ्लुमिनेन्सलाई हराउँदै इङ्ग्लिस क्ल्ब चेल्सी विश्वकपको फाइनलमा
EAST RUTHERFORD, NEW JERSEY - JULY 08: Joao Pedro of Chelsea FC scores his team's second goal whilst under pressure from Ignacio and Thiago Silva #3 of Fluminense FC during the FIFA Club World Cup 2025 semi-final match between Fluminense FC and Chelsea FC at MetLife Stadium on July 08, 2025 in East Rutherford, New Jersey. (Photo by Dan Mullan/Getty Images)

काठमाडौं। इङ्ग्लिस क्लब चेल्सी क्लब विश्वकपको फाइनलमा पुगेको छ। गएराति सम्पन्न पहिलो सेमिफाइनल खेलमा ब्राजिलियन क्लब फ्लसमिनेन्सलाई हराउँदै चेल्सीले फाइनलमा स्थान पक्का गरेको हो।

Tata
GBIME

अमेरिकामा जारी प्रतियोगिता अन्तर्गत मेटलाइफ स्टेडियममा सम्पन्न खेलमा चेल्सीले २-० गोलको जित निकाल्यो। चेल्सीको जितमा दुबै गोल जोआओ पेड्रोले गरे। उनले खेलको १८ र ५८ औँ मिनेटमा गोल गरे।

समूह ‘डी’को उपविजेता बन्दै नकआउट चरण पुगेको चेल्सीले अन्तिम १६ मा बेनफिका र क्वाटरफाइनलमा पाल्मेइरसलाई हराएको थियो। अर्कोतर्फ समूह ‘एफ’को उपविजेता फ्लुमिनेन्सले अन्तिम १६ मा इन्टर मिलान र क्वाटरफाइनलमा अलहिलाललाई हराएको थियो।

प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल आज राति हुँदैछ। दोस्रो सेमिफाइनल खेलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) र स्पेनिस जायन्ट रियल मड्रिड भिड्ने छन्। पहिलो सेमिफाइनलबाट फ्लमिनेन्स बाहिरिएसँगै क्लब विश्वकपको फाइनलमा दुबै युरोपेली क्लबले प्रतिस्पर्धा गर्ने पक्का भएको छ।