BIZMANDU
www.bizmandu.com

बीमा प्राधिकरणले ल्यायो आगामी वर्षको नीति तथा कार्यक्रम, मौद्रिक नीति जस्तै बर्सेनि जारी गर्ने

२०८२ असार २४

बीमा प्राधिकरणले ल्यायो आगामी वर्षको नीति तथा कार्यक्रम, मौद्रिक नीति जस्तै बर्सेनि जारी गर्ने
बीमा प्राधिकरणले ल्यायो आगामी वर्षको नीति तथा कार्यक्रम, मौद्रिक नीति जस्तै बर्सेनि जारी गर्ने

काठमाडौं। नेपाल बीमा प्राधिकरणले मौद्रिक नीतिजस्तै बीमा नीति हरेक वर्ष सार्वजनिक गर्ने बताएको छ। प्राधिकरणले मंगलबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै अब देखि मौद्रिक नीति जसरी नै हरेक वर्ष ल्याउने बताएको हो।

Tata
GBIME

प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा क्षेत्रकाे नीति प्रेडिक्टेबल बनाउन नीति ल्याइएको बताए। सराेकारवालाहरुसँगको सुझावका आधारमा बीमा नीति ल्याएको उनको भनाइ छ।

‘बीमा क्षेत्रकाे नीति प्रेडिक्टेबल बनाउन बीमा नीति ल्याइएको हो। अब माैद्रिक नीति जस्तै प्रत्येक वर्ष जारी गर्छौं,’ उनले भने।

आफ्नो काम कारबाही कता केन्द्रित हुन्छ भन्ने कुरा बीमा नीतिले देखाउने प्राधिकरणले बताएको छ।

‘बीमा प्राधिकरणकाे कार्य कता जाँदैछ भन्ने कुरा अनुमानयाेग्य बनाउन बीमा नीति जारी गरिएकाे हाे,’ प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले भने, ‘बीमा क्षेत्रमा कस्ताे पाेलिसी लिने भन्ने कुरा यसले नै गाइड गर्ने छ। यसैभित्र रहेर बजेट आउनेछ, प्राधिकरणले आफ्नाे काम गर्नेछ।’