BIZMANDU
www.bizmandu.com

रसुवा बाढीलाई खतराको घण्टीका रुपमा लिएर विपद्को पूर्वतयारी गर्न सरकारको ध्यानाकर्षण

२०८२ असार २४

रसुवा बाढीलाई खतराको घण्टीका रुपमा लिएर विपद्को पूर्वतयारी गर्न सरकारको ध्यानाकर्षण
रसुवा बाढीलाई खतराको घण्टीका रुपमा लिएर विपद्को पूर्वतयारी गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं। सांसदहरुले रसुवामा आएको बाढी र त्यसले निम्त्याएको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धार तथा राहत सामग्री वितरणमा विलम्ब नगर्न सरकारलाई ध्यानाकर्षण गराएका छन्।

Tata
GBIME

प्रतिनिधि सभाको मंगलबारको बैठकमा सांसदहरुले बाढीमा फसेकाहरुको तत्काल उद्धार गर्ने प्रबन्ध मिलाउन सरकारको ध्यानाकर्षण गराएका हुन्।

सांसदहरुले विपदको पूर्वतयारीलाई तिव्रता दिन, मौसमजन्य सूचना प्रणालीलाई थप व्यवस्थित गर्न र जनधनको क्षति न्यून गराउने अधिकतम उपायको खोजी गर्न पनि आग्रह गरे।

विश्वप्रकाश शर्मा, अर्जुननरसिंह केसी, प्रकाशशरण महत, वर्षमान पुन, देवेन्द्र पौडेल, ईश्वरबहादुर रिजाल, विमला सुवेदी, सीता मिजार लगायत सांसदले रसुवाको बाढीलाई खतराको घण्टीका रुपमा लिएर मनसुनजन्य विपदको तयारीमा गम्भीर हुन सरकारको ध्यानाकर्षण गराए।

एमाले सांसद दीपा शर्मा र नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले बाढीका कारण रसुवामा भएको जनधनको क्षति बारे यथार्थ जानकारी गराउन गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराए।