BIZMANDU
www.bizmandu.com

कर्जा प्रवाह ८ प्रतिशतले वृद्धि, निजी क्षेत्रमा ११ महिनामा ४.०७ खर्ब रुपैयाँ लगानी

२०८२ असार २४

कर्जा प्रवाह ८ प्रतिशतले वृद्धि, निजी क्षेत्रमा ११ महिनामा ४.०७ खर्ब रुपैयाँ लगानी
कर्जा प्रवाह ८ प्रतिशतले वृद्धि, निजी क्षेत्रमा ११ महिनामा ४.०७ खर्ब रुपैयाँ लगानी

काठमाडौं। बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा जाने कर्जा ८ प्रतिशतले वृद्धि भएको छ। चालु आर्थिक वर्ष ११ महिनामा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा ४ खर्ब ७ अर्ब ६२ करोड रुपैयाँ कर्जा गएको छ।

Tata
GBIME

अघिल्लो वर्षको सोही अवधिमा कर्जा वृद्धिदर ५.१ प्रतिशत थियो। त्यो वर्ष २ खर्ब ४६ अर्ब ८० करोड रुपैयाँ कर्जा प्रवाह भएको थियो।

वार्षिक विन्दुगत आधारमा २०८२ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा जाने कर्जा ८.७ प्रतिशतले बढेको छ।

कर्जा प्रवाह वाणिज्य बैंकहरूको ८.४, विकास बैंकको ४.७ र वित्त कम्पनीहरूको ६.९ प्रतिशतले बढेको छ।

बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ ६३ र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ ३७ प्रतिशत कर्जा प्रवाह भएको हो।

कर्जामध्ये चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु)को सुरक्षणमा १४.५ प्रतिशत र घरजग्गा धितो सुरक्षणमा ६५ प्रतिशत रहेको छ।

कर्जा औद्योगिक उत्पादन क्षेत्रतर्फ ८.२, निर्माण क्षेत्रतर्फ १२.९, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फ ५.२, यातायात, सञ्चार तथा सार्वजनिक सेवातर्फ १३.५, सेवा उद्योग क्षेत्रतर्फ ८.८ र उपभोग्य क्षेत्रतर्फ १०.९ प्रतिशतले बढेको छ।

त्यसैगरी, आवधिक कर्जा ५.१, मार्जिन प्रकृतिको कर्जा ४२.८, ट्रष्ट रिसिट (आयात) कर्जा ६२.२, हायर पर्चेज कर्जा ५.५, नगद प्रवाह कर्जा ०.६ र रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ५ प्रतिशतले बढेको छ। अधिविकर्ष कर्जा भने १३.२ प्रतिशतले घटेको छ।