BIZMANDU
www.bizmandu.com

धादिङ प्रशासनले भन्यो: रसुवाको माथिल्लो भेगमा नदी थुनिएको भन्ने छ, त्रिशूली किनारमा सतर्क हुनुस्

२०८२ असार २४

धादिङ प्रशासनले भन्यो: रसुवाको माथिल्लो भेगमा नदी थुनिएको भन्ने छ, त्रिशूली किनारमा सतर्क हुनुस्
नुवाकोटको विदुर नगरपालिका–९ स्थित त्रिशूली नदीमा मङ्गलबार बिहान फसेका दुई जनाको नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिँदै । काठ टिप्न जाने क्रममा फसेका स्थानीय ५६ वर्षीय पाल्देन तामाङ र उहाँको श्रीमती ५१ वर्षीया मङ्गली तामाङको नेपाली सेनाको हेलिकप्टर मार्फत नेपाली सेनाले उद्धार गरेको हो । तस्बिर : रामहरि न्यौपाने / रासस

जिल्ला प्रशासन कार्यालय धादिङले त्रिशूली नदी क्षेत्रको तटीय क्षेत्रमा बसोबास गर्नेहरुलाई सतर्कता अपनाउन आग्रह गरेको छ। भोटेकोशी नदीमा आएको बाढी अहिले त्रिशूली नदीसम्म पुगिसकेको छ।

Tata
GBIME

प्रशासनले रसुवा र नुवाकोटको माथिल्लो भेगमा नदीको बहाब बढेर सडक र पुलमा समेत क्षति पुगेको जनामएको छ। जसकारण जिल्लामा पर्ने त्रिशूली नदी किनारका दुवै तर्फ पानीको बहाब बढ्न सक्ने भन्दै सतर्कता अपनाउन र जोखिमयुक्त कार्य नगर्न आग्रह गरिएको छ।

प्रशासनले रसुवाको माथिल्लो भेगमा पहिरोका कारण नदी थुनिएको भन्ने बुझिएको भन्दै त्यो खुल्दा त्रिशूली नदी किनारमा जोखिम हुन सक्ने भन्दै सावधानी अपनाउन पनि भनेको छ।