BIZMANDU
www.bizmandu.com

बाढीले रसुवाका तीन जलविद्युत आयोजनामा क्षति, करिब २०० मेगावाट बिजुली उत्पादन बन्द

२०८२ असार २४

बाढीले रसुवाका तीन जलविद्युत आयोजनामा क्षति, करिब २०० मेगावाट बिजुली उत्पादन बन्द
बाढीले रसुवाका तीन जलविद्युत आयोजनामा क्षति, करिब २०० मेगावाट बिजुली उत्पादन बन्द

काठमाडौं। लेन्दे खोलामा आएको बाढीका कारण रसुवामा तीनवटा जलविद्युत आयोजनामा क्षति पुगेको छ। बाढीले रसुवागढी, त्रिशुली–३ ए र चिलिमे जलविद्युत आयोजनामा क्षति पुगेको हो।

Tata
GBIME

१११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजना सबैभन्दा धेरै क्षति पुगको छ। बाढीले यो जलविद्युत आयोजनाको बाँध पूर्णरुपमा क्षतिग्रस्त भएको छ।

त्रिशुली–३ ए र चिलिमे जलविद्युत आयोजनामा आंशिक क्षति पुगेको छ। यी दुबै आयोजनाले बिजुली उत्पादन बन्द गरेका छन्। त्रिशुली–३ ए ६० र चिलिमे २२ मेगावाट क्षमताका आयोजना हुन्।

चिलिमे आयोजनाको बाँधमा बालुवा थुप्रिएको छ। त्यसलाई पन्छाएपछि मात्र बिजुली उत्पादन सुरु हुनेछ।

त्रिशुली-३ ए जलविद्युत आयोजनाको पनि गेट र टावर बगाएको छ। क्षतिको यकिन विवरण आइसकेको छैन। भोटेकोशी जलविद्युत आयोजनाले पनि उत्पादन बन्द गरेको छ।