BIZMANDU
www.bizmandu.com

बाढीले बगाएको पुल र गाडीहरु रसुवागढी जलविद्युतको बाँधमा, ३७ जना उद्धारको पर्खाइमा

२०८२ असार २४

बाढीले बगाएको पुल र गाडीहरु रसुवागढी जलविद्युतको बाँधमा, ३७ जना उद्धारको पर्खाइमा
बाढीले बगाएको पुल र गाडीहरु रसुवागढी जलविद्युतको बाँधमा, ३७ जना उद्धारको पर्खाइमा

काठमाडौं। आइतबार राति करिब ३ बजेतिर चीनको लिम्बे खोलाबाट आएको बाढीले १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजनको बाँधमा ठूलो क्षति गरेको छ।

Tata
GBIME

बाढीले रसुवानाकामा मितेरी पुल बगाएको छ। पुलका संरचनासँगै सडक र भन्सार यार्डमा रहेका गाडी आयोजनाको बाँधमा आएर अड्किएको छ। बाँध मितेरी पुलभन्दा करिब २०० मिटर तल छ। बाढीले बाँधमा क्षति गरेको छ।

रसुवाको गोसाइकुण्ड गाउँपालिका निर्माण भएको जलविद्युत आयोजना गत मंसिरमा राष्ट्रिय प्रसारण ग्रिडमा जोडिएको थियो।

बाढीले तहसनहस पारेको आयोजना स्थलमा आयोजनाका २२ कर्मचारीसँगै ठेकेदार कम्पनीका दुई भारतीय र एक चिनियाँसँगै अन्य नेपाली गरि ३७ जना छन्। उनीहरुलाई सुरक्षित ठाउँ राखिएको भए पनि उक्त क्षेत्रबाट उद्धार गरेर बाहिर निकाल्न नसकेको आयोजनाका प्रमुख सत्यराम ज्वाखाले बताए।

‘अहिले हामीले ३७ जना कर्मचारीलाई एक ठाउँमा राखेका छौं,’ उनले भने, ‘उनीहरुलाई उद्धार गर्न सेनाको हेलिकप्टरले दुई पटक प्रयास गर्दा पनि त्यो ठाउँमा अवतरण गर्न सकेन।’ अहिले मौसम पुनः खुलेकाले फेरि प्रयास गरिने उनले बताए। आयोजना स्थलमा रहेका गाडीहरु बाढीमा बगेका छन्।

बाढीको कारण क्षति भएपछि पुग्ने देखिएपछि उक्त करिडोर अन्तर्गतका सबै आयोजनाले विद्युत उत्पादन बन्द गरेका छन्। चिलिमे आयोजनाको नहरमा छान्न नसकिनेगरि बालुवा पसेपछि विद्युत उत्पादन बन्द भएको छ। यस्तै भोटेकोसीले पनि पावर हाउस बन्द गरेको छ।

त्रिशूली-३ ‘ए’ आयोजनाको टावर नै बगाएको विद्युत प्राधिकरणका प्रवक्ता राजन ढकालले बताए। उक्त आयोजना पनि विद्युत उत्पादन बन्द भएको छ।