BIZMANDU
www.bizmandu.com

बोधिचित्तका दाना लिलाम बिक्री गर्दै कागेश्वरी मनोहरा, न्यूनतम मूल्य १५ लाख रुपैयाँ

२०८२ असार २४

बोधिचित्तका दाना लिलाम बिक्री गर्दै कागेश्वरी मनोहरा, न्यूनतम मूल्य १५ लाख रुपैयाँ
बोधिचित्तका दाना लिलाम बिक्री गर्दै कागेश्वरी मनोहरा, न्यूनतम मूल्य १५ लाख रुपैयाँ

काठमाडौं। कागेश्वरी मनोहरा नगरपालिकाले सार्वजनिक जग्गामा रहेको बोधिचित्तका वृक्षको दाना लिलाम बढाबढमा बिक्री गर्ने भएको छ। वडा नम्बर ६ स्थित ग्रीन हिल सिटीको मुख्य प्रवेशद्वारको दक्षिणतर्फ प्रहरी चौकीसँगैको सार्वजनिक जग्गामा बोधिचित्तका वृक्ष छन्। तिनमा फलेका दाना नगरपालिकाले लिलामीमार्फत बेच्ने भएको हो।

Tata
GBIME

आगामी साता छिनोफानो हुने लिलामीका लागि नगरपालिकाले बोधिचित्तका दानाको न्यूनतम मूल्य १५ लाख रुपैयाँ तोकेको छ। लिलामीमा भाग लिन चाहनेले ७ हजार ५ सय रुपैयाँ धरौटी राखेर राख्नुपर्ने मंगलबार जारी सूचनामा उल्लेख छ।

लिलामीमा भाग लिन चाहने व्यक्ति वा संस्थाका प्रतिनिधिले धरौटी बुझाउनुअघि बोधिचित्तको अवस्था हेर्न चाहेमा दिनको ११ देखि २ बजेसम्ममा राजस्व शाखामा सम्पर्क गरेर उपस्थित हुन सक्ने नगरपालिकाले जनाएको छ।

लिलामीको डाक बढाबढमा सकार गर्न पाउनेले धरौटीमा जम्मा गरेको रकम कट्टा गरि बाँकी रकमको चेक नगरपलिकामा बुझाउनु पर्नेछ।