BIZMANDU
www.bizmandu.com

नागरिक उन्मुक्ति पार्टीले छोड्यो सरकारको साथ, ओलीले लिनु पर्नेछ ३० दिनभित्र विश्वासको मत

२०८२ असार २२

नागरिक उन्मुक्ति पार्टीले छोड्यो सरकारको साथ, ओलीले लिनु पर्नेछ ३० दिनभित्र विश्वासको मत
नागरिक उन्मुक्ति पार्टीले छोड्यो सरकारको साथ, ओलीले लिनु पर्नेछ ३० दिनभित्र विश्वासको मत

काठमाडौं। नागरिक उन्मुक्ति पार्टीले सरकारको साथ छोडेको छ। प्रतिनिधि सभामा ४ सांसद रहेको नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र संघीय संसद् सचिवालयमा पुगेको छ।

Tata
GBIME
Nepal Life

पार्टीका संसदीय दलका नेता गंगाराम चौधरीले सभामुख देवराज घिमिरेलाई पत्र लेख्दै पार्टीको निर्देशन र संसदीय दलको निर्णय अनुसार सरकारलाई दिएको समर्थन फिर्ता लिएको र आइतबारदेखि प्रतिपक्षमा बस्ने उल्लेख गरेका छन्।

नागरिक उन्मुक्तिले समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले ३० दिनभित्र प्रतिनिधि सभामा विश्वासको मत लिनुपर्ने भएको छ।

नागरिक उन्मुक्ति पार्टीका तर्फबाट पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री रहेका अरुण चौधरीले केहीबेरमा राजीनामा दिने भनिएको छ।