BIZMANDU
www.bizmandu.com

सर्वसाधारणका लागि खुल्यो ग्लोबल आइएमई समुन्नत योजना-२ म्युचुअल फण्ड

२०८२ असार २२

सर्वसाधारणका लागि खुल्यो ग्लोबल आइएमई समुन्नत योजना-२ म्युचुअल फण्ड
सर्वसाधारणका लागि खुल्यो ग्लोबल आइएमई समुन्नत योजना-२ म्युचुअल फण्ड

काठमाडौं। ग्लोबल आइएमई समुन्नत योजना-२ म्युचुअल फण्डको इकाइमा आइतबारदेखि संघसंस्था तथा सर्वसाधारणका लागि खरिद आवेदन खुला भएको छ।

Tata
GBIME

म्युचुअल फण्डको प्रति इकाई अंकित मूल्य १० रुपैयाँ दरको १२ करोड इकाई मध्य न्यूनतम बिक्री हुनुपर्ने ६ करोड वा कुल बिक्री भएको इकाई संख्याको न्युनतम १५ प्रतिशत इकाइमध्ये योजना व्यवस्थापक कम्पनी ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई १.५ प्रतिशत वा १८ लाख इकाई तथा कोष प्रवर्धक कम्पनी ग्लोबल आइएमई बैंक लिमिटेडका लागि १३.५० प्रतिशत वा १ करोड ६२ लाख इकाई बिउ पुँजीको रुपमा रहनेछ।

बाँकी न्यूनतम १० करोड २० लाख इकाइ संघसंस्था र सर्वसाधारणले किन्न पाउने छन्। यो योजनामा संघसंस्था तथा सर्वसाधारणले न्यूनतम १०० इकाइ र अधिकतम १ करोड २० लाख इकााका लागि आवेदन दिन सक्नेछन् ।

यो योजनाको प्रकार बन्दमुखी योजना हो। योजनाको अवधि इकाइ बाँडफाँट मितिदेखि १० वर्षको हुने र लाभांश प्राप्त मुनाफाबाट वितरण हुनेछ भने बाँकी रकम पुन: लगानी गर्न मिल्नेछ।

ग्लोबल आइएमइ क्यापिटलले यस योजनाको वार्षिक औसत प्रतिशत २२.४९ प्रतिशत रहने प्रक्षेपण गरेको छ। यस योजनाका इकाइधनीहरुले १० वर्षमा कुल २२४.९६ प्रतिशत प्रतिफल प्राप्त गर्नेछन। यस योजनाको अनुमानित आन्तरिक प्रतिफल दर १६.८८ प्रतिशत रहने प्रक्षेपण छ। क्यापिटलले योजनाका इकाइधनीहरुलाई पहिलो ९ वर्षसम्म ८ प्रतिशत देखि २० प्रतिशतसम्म लाभांश वितरण गर्ने सक्ने प्रक्षेपण गरेको छ।

ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत हालसम्म २ योजनाहरु संचालन भइसकेका छन्। जसमध्ये समुन्नत योजना-१ ले ७ वर्षमा १०४ प्रतिशत लाभांश वितरण गरेको छ भने १०.१६ प्रतिशत फन्ड पुनर्खरिद प्रतिफल दिएको बैंकले जनाएको छ। त्यस्तै, १० वर्ष अवधिको ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड-१ को १.०२५ अर्बको कोष छ।

यो योजनाको योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटल लिमिटेड छ। यो क्यापिटल नेपाल धितोपत्र बोर्डबाट मर्चेन्ट बैंकरको लाइसेन्स प्राप्त मर्चेन्ट बैंक हो। जसमा ग्लोबल आइएमई बैंकको ८१.५० प्रतिशत स्वामित्व छ।