BIZMANDU
www.bizmandu.com

माबिलुङ इनर्जीको आइपीओ निष्कासन, आयोजना प्रभावित र स्थानीयले आवेदन दिन पाउने

२०८२ असार २२

माबिलुङ इनर्जीको आइपीओ निष्कासन, आयोजना प्रभावित र स्थानीयले आवेदन दिन पाउने
माबिलुङ इनर्जीको आइपीओ निष्कासन, आयोजना प्रभावित र स्थानीयले आवेदन दिन पाउने

काठमाडौं। माबिलुङ इनर्जीले आइपीओ निष्कासन गरेको छ। कम्पनीले आइतबारदेखि पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएकाहरुलाई सेयर बिक्री खुला गरेको हो।

Tata
GBIME

कम्पनीले ३ करोड ८५ लाख ८२ हजार ४०० रुपैयाँ रकम बराबरको ३ लाख ८५ हजार ८२४ कित्ता सेयर आयोजना प्रभावित क्षेत्र संखुवासभा जिल्लाको मादी नगरपालिका वडा नं. ५, ६, ७, ८, ९ र चैनपुर नगरपालिका वडा नं. २, ३, ७, ८, ९ मा स्थायी बसोबास गर्नेहरुका लागि छुट्याएको छ।

आयोजना प्रभावित‍ क्षेत्रका बासिन्दाले छिटोमा साउन ४ र ढिलोमा साउन १९ गतेसम्म आवेदन दिन सक्नेछन्। उनीहरुले अंकित मूल्य १०० रुपैयाँमा १० देखि अधिकतम ५० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्।

यस्तै, कम्पनीले १ लाख ५० हजार ४७१ कित्ता सेयर वैदेशिक रोजगारीमा गएका श्रमिकहरुका लागि छुट्याइएको छ।

वैदेशिक रोजगारीमा गएकाहरुले १० देखि ५० हजार कित्तासम्मका लागि साउन ४ गतेसम्म आवेदन दिन सक्ने बिक्री प्रबन्धकले जनाएको छ।

माबिलुङ इनर्जी लिमिटेडले जारी पुँजी ३८ करोड ५८ लाख २४ हजार रुपैयाँको कुल ४८.९९ प्रतिशतले हुन आउने १८ करोड ९० लाख ५३ हजार रुपैयाँको १८ लाख ९० हजार ५३० कित्ता सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति पाएको छ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएका श्रमिकहरुका लागि सेयर निष्कासन गरेपछि दोस्रो चरणमा १५ करोड ४ लाख ७० हजार ७०० रुपैयाँ बराबरको १५ लाख ४ हजार ७०६ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्नेछ। माबिलुङको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल छ।