BIZMANDU
www.bizmandu.com

श्रम मन्त्रालयको हराएको गाडी प्रहरीमा पत्राचार गरेको भोलिपल्ट नै भेटियो

२०८२ असार २०

श्रम मन्त्रालयको हराएको गाडी प्रहरीमा पत्राचार गरेको भोलिपल्ट नै भेटियो
श्रम मन्त्रालयको हराएको गाडी प्रहरीमा पत्राचार गरेको भोलिपल्ट नै भेटियो

काठमाडौं। हराएको भनिएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सरकारी गाडी फेला परेको छ। प्रदेश ३-०१-००२ झ ५३६७ नम्बरको सरकारी गाडी केही दिनदेखि हराएको भन्दै असार १५ गते प्रहरीकहाँ खोजी गर्दिन भन्दै पत्राचार भएको थियो।

Tata
GBIME

गृह मन्त्रालयमार्फत प्रहरी प्रधान कार्यालय नक्साल र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई पत्राचार गरिएको थियो।

त्यसपछि प्रहरीले गाडीको खोजतलास सुरु गरेको थियो। तर, त्यसको एक दिनपछि अर्थात् असार १६ गते नै अर्को पत्र गृह मन्त्रालयमा आयो। जसमा गाडी फेला परेको र नखोज्न भनिएको थियो।

‘गाडी फेला परेको पत्र आएकाले हामीले खोज्न छौड्यौँ,’ ट्राफिक प्रहरी कार्यालयका एसपी दीपक गिरीले भने।

तर, गाडी कहाँ भेटियो, कसले लगेको रहेछ भन्ने नखुलेको एसपी गिरीले जानकारी दिए। श्रम मन्त्रालयका सहप्रवक्ता मेघनाथ रिमालले यस बारेमा जानकारी नभएको भन्दै सोधेर जवाफ दिने भन्दै पन्छिए।

२०७४ सालमा सिंहदरबारभित्रबाट नै स्थानीय विकास मन्त्रालयका उपसचिव बलदेश जोशी चढ्ने बा २ झ २९२७ नम्बरको जिपका चारैवटा टायर चोरी भएको थियो। गाडीका चालकले नै टायर चोरेको खुलेको थियो।