काठमाडौं। सवारीचालक अनुमति सम्बन्धी सबै सेवा बन्द भएका छन्।
सवारी चालक अनुमतिपत्र प्रणालीमा समस्या आएपछि लाइसेन्ससँग सम्बन्धित सबै सेवा शुक्रबारदेखि अनिश्चितकालका लागि बन्द भएका हुन्।
यातायात व्यवस्था विभागले अर्को सूचना प्रकाशन नहुँदासम्मका लागि सबै सेवा बन्द भएको जनाएको छ ।
‘सवारी चालक अनुमतिपत्रसँग सम्बन्धित सबै सेवा (ईडीएल प्रणाली, अनलाइन आवेदन प्रणाली तथा अत्यावश्यक लाइसेन्स प्रिन्ट प्रणाली)को सबै सेवा बन्द भएको व्यहोरा जानकारी गराइन्छ,’ विभागले सूचना जारी गरेर भनेको छ।