काठमाडौं। सार्वजनिक खरिद अनुगमन कार्यालयले ११ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने तयारी गरेको छ।
कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै ११ वटा निर्माण कम्पनीलाई कालोसूचीमा किन नराख्ने भनी स्पष्टीकरण सोधेको छ।
कार्यालयले विभिन्न सार्वजनिक निकायले कालोसूचीमा राख्न सिफारिस गरेअनुसार ३० दिनको समय दिएर स्पष्टीकरण मागेको हो।
शिवम कन्स्ट्रक्सन, ग्यालेक्सी कन्स्ट्रक्सन एण्ड सप्लायर्स, जय मयुरी ट्रेडिङ, पूर्णागिरी निर्माण सेवा, जीबी मेटल क्राफ्ट एण्ड सप्लायर्स, सिल्क/सिनोम्याक/ग्लोबल म्याट्रिक्स/विद्या जेभी, यु एण्ड आई/ हिमचुली जेभी, दुर्गा निर्माण सेवा, दिप ज्योति निर्माण सेवा, सहयोगी कन्ट्र्याक्टर एण्ड ट्रेडिङ र एनवाईएसए कन्स्ट्रक्सन एण्ड सप्लायर्ससँग स्पष्टीकरण मागिएको छ।