BIZMANDU
www.bizmandu.com

कालोधनलाई सुनपानी छर्किन कांग्रेस सांसद तामाङको प्रस्ताव, ‘कर लिएर पैसा निकाल्न दिऔं’

२०८२ असार २०

कालोधनलाई सुनपानी छर्किन कांग्रेस सांसद तामाङको प्रस्ताव, ‘कर लिएर पैसा निकाल्न दिऔं’
कालोधनलाई सुनपानी छर्किन कांग्रेस सांसद तामाङको प्रस्ताव, ‘कर लिएर पैसा निकाल्न दिऔं’

काठमाडौं। पूर्व ऊर्जा राज्यमन्त्री एवं सत्तारुढ नेपाली कांग्रेसका सांसद पूर्णबहादुर तामाङले कालोधनलाई सुनपानी छर्किन प्रस्ताव गरेका छन्।

Tata
GBIME
Nepal Life

उनले शुक्रबार प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा अर्थमन्त्री विष्णु पौडेल र राष्ट्र बैंकका अधिकारीसामु कालोधनलाई कर लिएर वैध बनाउन प्रस्ताव गरेका हुन्।

‘नेपालमै भएकाे पैसा जेसुकै गरेर ल्याएकाे हाेस्, निकाल्न दिनुपर्‍यो। यसमा समितिले काम गराैं। २ नम्बरी गरेर ल्याएकाे हाेस् कि ६ नम्बरी। १३ प्रतिशत भ्याट लगाएर नेपालमै भएकाे पैसा निकाल्नु पर्‍यो,’ उनले भने।