काठमाडौं। पूर्व ऊर्जा राज्यमन्त्री एवं सत्तारुढ नेपाली कांग्रेसका सांसद पूर्णबहादुर तामाङले कालोधनलाई सुनपानी छर्किन प्रस्ताव गरेका छन्।
उनले शुक्रबार प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा अर्थमन्त्री विष्णु पौडेल र राष्ट्र बैंकका अधिकारीसामु कालोधनलाई कर लिएर वैध बनाउन प्रस्ताव गरेका हुन्।
‘नेपालमै भएकाे पैसा जेसुकै गरेर ल्याएकाे हाेस्, निकाल्न दिनुपर्यो। यसमा समितिले काम गराैं। २ नम्बरी गरेर ल्याएकाे हाेस् कि ६ नम्बरी। १३ प्रतिशत भ्याट लगाएर नेपालमै भएकाे पैसा निकाल्नु पर्यो,’ उनले भने।