BIZMANDU
www.bizmandu.com

सिद्धार्थ बैंकले २ अर्ब ५० करोडको ऋणपत्र असार २९ गतेदेखि निष्काशन गर्दै

२०८२ असार २०

सिद्धार्थ बैंकले २ अर्ब ५० करोडको ऋणपत्र असार २९ गतेदेखि निष्काशन गर्दै
सिद्धार्थ बैंकले २ अर्ब ५० करोडको ऋणपत्र असार २९ गतेदेखि निष्काशन गर्दै

काठमाडौं । सिद्धार्थ बैंकले असार २९ गतेदेखि ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले १० वर्ष अवधिको वार्षिक ७.२५ प्रतिशत ब्याजदरमा ‘एसबिएल डिबेञ्चर २०९१’ निष्कासन गर्न लागेको हो।

Tata
GBIME

बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरको २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको छ। सोमध्ये ६० प्रतिशत अर्थात १ अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गरिनेछ।

सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ५० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ।

ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन्। निष्कासन बन्द छिटोमा असार ३२ गते हुनेछ भने ढिलोमा साउन ११ गते हुनेछ।

बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ।