BIZMANDU
www.bizmandu.com

भन्सार नियमावलीमा १६औं संशोधन, एक्जिम कोड लिन अब बैंक जमानत नचाहिने

२०८२ असार १९

भन्सार नियमावलीमा १६औं संशोधन, एक्जिम कोड लिन अब बैंक जमानत नचाहिने
भन्सार नियमावलीमा १६औं संशोधन, एक्जिम कोड लिन अब बैंक जमानत नचाहिने

काठमाडौं। अबदेखि निकासी पैठारी संकेत नम्बर (एक्जिम कोड) लिँदा बैंक जमानत नचाहिने भएको छ।

Tata
GBIME

भन्सार विभागले भन्सार नियमावली २०६४ मा १६औं संशोधन गरी एक्जिम कोड लिँदा बैंक जमानत नचाहिने व्यवस्था गरेको हो। विभागले नियमावली संशोधन गरी बैंक जमानत फुकुवा गरिएको बताएको छ।

यसअघि एक्जिम कोड लिँदा विभागको नाममा ३ लाख रुपैयाँ बराबरको बैंक जमानत राख्नुपर्ने व्यवस्था थियो। नियमावली संशोधनसँगै विभागले सबै वाणिज्य बैंकहरूलाई जमानत फुकुवा गरिदिन बिहीबार पत्र पठाएको छ।