काठमाडौं । बन्दीपुर केबलकार कम्पनीले आइपीओ निष्कासन गर्ने भएको छ। कम्पनीलाई नेपाल धितोपत्र बोर्ड (सेबोन)ले बिहीबार आइपीओ जारी गर्न अनुमति दिएको हो।
कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा ५८ करोड ६० लाख रुपैयाँको ५८ लाख ६० हजार कित्ता सेयर निष्कासन गर्न लागेको छ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआइ मर्चेन्ट बैंकिङ छ। कम्पनीको कार्यालय बन्दीपुरमा छ।