BIZMANDU
www.bizmandu.com

दिलभूषण पाठकलाई २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतको आदेश

२०८२ असार १९

दिलभूषण पाठकलाई २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतको आदेश
दिलभूषण पाठकलाई २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतको आदेश

काठमाडौं। पत्रकार दिलभूषण पाठकलाई जिल्ला अदालत काठमाडौंले धरौटीमा रिहा गर्न आदेश दिएको छ।

Tata
GBIME

न्यायाधीश खेमराज भट्टको इजलासले पाठकलाई २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले पाठकविरुद्ध सोमबार जिल्ला अदालत काठमाडौंमा विद्युतीय कारोबार ऐन अन्तर्गत मुद्दा दायर गरेको थियो। पाठक बिहीबार अदालतमा हाजिर भएका थिए।

पाठकविरुद्ध दफा ४७ को उपदफा १ बमोजिम कारबाहीको माग गरिएको छ। कसुर प्रमाणित भएका १ लाख रुपैयाँ जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ।

पाठकले आफ्नो युट्युब च्यानलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयबीरलाई विवादास्पद व्यापारी दीपक भट्ट र हिलटन होटेलको सेयरसँग जोडेर सामग्री प्रसारण गरेका थिए।