BIZMANDU
www.bizmandu.com

सैनिक कल्याणकारी कोषको २ करोड अपचलन, सहायक रथी र मेजरलाई बर्खास्त गर्ने फैसला

२०८२ असार १९

सैनिक कल्याणकारी कोषको २ करोड अपचलन, सहायक रथी र मेजरलाई बर्खास्त गर्ने फैसला
सैनिक कल्याणकारी कोषको २ करोड अपचलन, सहायक रथी र मेजरलाई बर्खास्त गर्ने फैसला

काठमाडौं। नेपालि सेनाका सहायक रथी रोशन खड्का र मेजर बोधराज कार्कीले सैनिक कल्याणकारी कोषको २ करोड रुपैयाँभन्दा बढी रकम अपचलन गरेको ठहर भएको छ।

Tata
GBIME
Nepal Life

सैनिक विषेश अदालतले सहायक रथी खड्का र मेजर कार्कीले रकम अपचलन गरेको ठहर गर्दै बिहीबार उनीहरुलाई सेवाबाट बर्खास्त गर्ने फैसला सुनाएको छ।

अदालतले सैनिक ऐन २०६३ दफा १०१ बमोजिम भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी बर्खास्त गर्ने फैसला सुनाएको नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले जानकारी दिए।

अपचलन भएको २ करोड रुपैयाँभन्दा बढी रकम खड्का र कार्कीबाट असुल उपर गर्न अदालतले आदेश दिएको छ।