BIZMANDU
www.bizmandu.com

प्रधानमन्त्री ओलीले गरे रियल मड्रिडको रंगशाला अवलोकन, क्लबको फ्यान भनेपछि पाए जर्सी

२०८२ असार १९

प्रधानमन्त्री ओलीले गरे रियल मड्रिडको रंगशाला अवलोकन, क्लबको फ्यान भनेपछि पाए जर्सी
प्रधानमन्त्री ओलीले गरे रियल मड्रिडको रंगशाला अवलोकन, क्लबको फ्यान भनेपछि पाए जर्सी

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व प्रसिद्ध फुटबल क्लब रियल मड्रिडको सान्टियागो बर्नाबाउ रंगशाला अवलोकन गरेका छन्।

Tata
GBIME

स्पेन भ्रमणमा रहेका ओलीले बिहीबार बर्नाबाउ रंगशाला अवलोकन गरको उनको सचिवालयले जनाएको छ। ओलीलाई क्लबका अन्तर्राष्ट्रिय निर्देशक पेद्रो मार्टिन दे मिगेलले रंगशालाको भ्रमण गराए।

ओलीसँगै उनका मुख्य सल्लाहकार विष्णु रिमाल, खानेपानीमन्त्री प्रदीप यादव, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई लगायतले रंगशाला अवलोकन गरे।

ओलीले आफू रियल मड्रिडको फ्यान भएको बताएपछि उनलाई मिगेलले क्लबको जर्सी उपहार दिएका थिए।