BIZMANDU
www.bizmandu.com

सेयर बजार सूचक २७०० विन्दुमाथि, ९ अर्ब ३८ करोडको कारोबार, फाइनान्समा आकर्षण

२०८२ असार १९

सेयर बजार सूचक २७०० विन्दुमाथि, ९ अर्ब ३८ करोडको कारोबार, फाइनान्समा आकर्षण
सेयर बजार सूचक २७०० विन्दुमाथि, ९ अर्ब ३८ करोडको कारोबार, फाइनान्समा आकर्षण

काठमाडौं। सेयर बजार परिसूचक निरन्तर पाँचौ दिन पनि बढेको छ। साताको अन्तिम कारोबार दिन बिहीबार परिसूचक ९.१४ अंकले बढेर २७०३.९६ विन्दुमा पुगेको हो। बढेको बजारमा ९ अर्ब ६४ करोड ५५ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

Tata
GBIME

आज कारोबारमा आएका ८ समूहका सूचक बढेका छन्। फाइनान्स समूहको सूचक सबैभन्दा धेरै ४.०९ प्रतिशतले बढेको छ।  

पाँच परिसूचकमा भने घटेका छन्। होटल, हाइड्रोपावर, लगानी, माइक्रोफाइनान्स र ट्रेडिङ परिसूचकमा गिरावट आएको छ।

कारोबारमा आएका १२२ कम्पनीका लगानीकर्ताले कमाउन सफल भएका छन्। नेपाल फाइनान्सको सेयरमूल्य सबैभन्दा धेरै ९.९८ प्रतिशतले बढेको छ। खानीखोला हाइड्रोको ७.१७ र समृद्धि फाइनान्सको सेयरमूल्य ७.०८ प्रतिशतले बढेको छ।

बजारमा १२५ कम्पनीको सेयरमूल्य घटेको छ। सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्य घटेर नेगेटिभ सर्किट लागेको छ। गुराँस लघुवित्त ९.९५ प्रतिशतले घटेको छ।

बुटवल पावर कम्पनीको सर्वाधिक ३१ करोड ६८ लाख रुपैयाँको सेयर किनबेच भएको छ। त्यसैगरी, साहस ऊर्जाको २७ करोड २८ लाख र सप्तकोशी डेभलपमेन्ट कम्पनीको २६ करोड २६ लाख रुपैयाँको कारोबार भएको छ।

यसअघि बुधबार सेयर बजार ३४.४२ अंकले बढेर २६९४.८२ मा रहँदा ९ अर्ब ७४ करोड ४८ लाख रुपैयाँको कारोबार भएको थियो।