काठमाडौं। जुनसुकै ब्रान्डका पुराना गाडी साटेर टाटा ब्रान्डका पेसेन्जर गाडी किन्न चाहनेका लागि सिप्रदी ट्रेडिङले नयाँ योजना सञ्चालनमा ल्याएको छ।
टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले बिहीबारबाट ७.७ डिल्स लाइक नेभर बिफोर कार्यक्रम सञ्चालनमा ल्याएको हो।
यो कार्यक्रम अन्तर्गत जुनसुकै ब्रान्डका पुराना गाडी साटेर टाटाका टियागो इभी, पन्च इभी, नेक्सन के ३ इभी र कर्भ ईभी खरिद गर्न सकिनेछ। कम्पनीका अनुसार यो कार्यक्रम असार २३ गतेसम्म सञ्चालन हुनेछ।
ग्राहकलाई लक्षित गर्दै कम्पनीले हरेक टाटा गाडी खरिदमा जोडीका लागि थाइल्याण्ड भ्रमणका साथै एक वर्षको अटोप्लस बीमा, दुई आर्थिक वर्षसम्मको सवारी कर, एसेसोरिज, वारेन्टी अवधिभर चार्जिङ सेवा, चार्जिङ बक्ससहित जडान र इम्बोस्ड नम्बर प्लेट निःशुल्क दिने स्किम ल्याएको छ।
टाटा मोटर्सका नेपालभरका शोरुममा गाडी अवलोकन तथा हरेक टेस्ट ड्राइभ, बुकिङ र गाडी मूल्यांकन गर्दा ग्राहकलाई आकर्षक उपहार प्रदान गरिने कम्पनीले जनाएको छ। एकजना भाग्यशाली विजेताले बम्पर पुरस्कारस्वरूप आइफोन १६ पाउनेछन्।