काठमाडौं। स्वस्तिक लघुवित्तले असार २७ गतेदेखि आइपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ निष्कासन गर्न लागेको हो।
कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यमा २३ लाख १० हजार रुपैयाँ बराबरको २३ हजार १०० कित्ता सेयर निष्कासन गर्न लागेको छ।
आइपीओमा साउन ९ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।
लघुवित्तले जारी पुँजीको ४० प्रतिशतले हुन आउने २ करोड ३१ लाख रुपैयाँ बराबरको २ लाख ३१ हजार कित्ता आइपीओ निष्कासन गर्न अनुमति पाएको थियो।
त्यसमध्ये १ हजार १५५ कित्ता कर्मचारीका लागि, ११ हजार ५५० कित्ता सेयर सामूहिक लगानी कोषका र बाँकी १ लाख ९५ हजार १९५ कित्ता सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको छ।
आइपीओ निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले लघुवित्तलाई इक्राएनपी इस्यूअर रेटिङ बी एटदरेट प्रदान गरेको छ। लघुवित्तको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ छ।