काठमाडौं। संसदीय समितिले गरेको निर्णय अलपत्र हुने गरी तोडमोड गरेर विवादितरुपमा प्रतिनिधि सभाले पारित गरेको संघीय निजामती विधेयक राष्ट्रिय सभामा पुगेको छ।
सत्तारुढ दलकै सांसदहरुले संसदीय सर्वोच्चतामाथि नै प्रहार भएको यो प्रकरणमा तत्काल छानबिन गरी दोषी पत्ता नलागेसम्म विधेयकमाथिको कारबाही अगाडि बढाउन नहुने बताइरहेका बेला सभामुख घिमिरेले त्यसलाई बेवास्ता गर्दै राष्ट्रिय सभामा पठाएका हुन्।
विधेयक बुधबार राष्ट्रिय सभामा टेबल भएको छ। राष्ट्रिय सभाका सचिव सुरेन्द्र अर्यालले विधेयक टेबल गरेका हुन्। अब विवादित यो विधेयकमा संशोधन गर्ने/नगर्ने निर्णय राष्ट्रिय सभाले नै गर्नेछ।
सभामुख घिमिरेले राज्य व्यवस्था तथा सुशासन समितिले गरेको निर्णयविपरीतको व्यवस्था विधेयकमा कसरी पर्यो भन्ने विषयमा छानबिन गर्न रुची देखाएका छैनन्।