BIZMANDU
www.bizmandu.com

ठमेल प्लाजा होटल एण्ड सुइटसले आइपीओ निष्कासन गर्दै, बोलायो विशेष साधारण सभा

२०८२ असार १८

ठमेल प्लाजा होटल एण्ड सुइटसले आइपीओ निष्कासन गर्दै, बोलायो विशेष साधारण सभा
ठमेल प्लाजा होटल एण्ड सुइटसले आइपीओ निष्कासन गर्दै, बोलायो विशेष साधारण सभा

काठमाडौं। ठमेल प्लाजा होटल एण्ड सुइट्स लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ। अतिथि सत्कारको कारोबार व्यवस्थापनका लागि अमेरिकी चेन रमडा इनकोरलाई नेपाल भित्र्याएको कम्पनीले आइपीओ निष्कासनको प्रस्ताव विशेष साधारण सभामा पेस गर्दैछ।

Tata
GBIME
Nepal Life

उसले असार २४ गते विशेष साधारण सभा बोलाएको छ। साधारण सभामा पुँजी वृद्धि गर्ने प्रस्ताव पारित गर्दैछ। होटलले जारी पुँजी बढाएपछि आइपीओ निष्कासन गर्ने जनाएको छ। कम्पनीको अध्यक्ष जगन्नाथ ज्ञवाली छन् भने निर्देशकहरुमा भीमलाल पौड्याल, भीष्म प्रसाइँ, कृष्णप्रसाद ज्ञवाली, टीका पंगेनी छन्।

कम्पनीले आइपीओ निष्कासनको प्रक्रिया अघि बढाउन संचालक समितिलाई अख्तियारी दिने भएको छ।