BIZMANDU
www.bizmandu.com

‘ब्रान्ड बलियो नभए बिक्दैन, उत्पादन राम्रो तर ब्रान्डिङ गरिएन भने बजारमा टिक्दैन’

२०८२ असार १८

‘ब्रान्ड बलियो नभए बिक्दैन, उत्पादन राम्रो तर ब्रान्डिङ गरिएन भने बजारमा टिक्दैन’
‘ब्रान्ड बलियो नभए बिक्दैन, उत्पादन राम्रो तर ब्रान्डिङ गरिएन भने बजारमा टिक्दैन’

प्रविधिको तीव्रत्तर विकासले मानव जीवन सहज बनाएको छ। टेलिभिजनका मोडल छरिता भएका छन्। मोबाइल, ल्यापटप, इयरबड, नोटप्याडको आकार छरितो मात्रै भएको त छ नै, अधिकतम सुविधा भएका शक्तिशाली मोडल बजारमा आएका छन्। उत्पादक कम्पनीहरु बीच चर्को प्रतिष्पर्धा छ। इनोभेसनले हामीलाई पनि दिनानुदिन टेक फ्रेन्डली पनि बनाइरहेको छ। विश्वभरी इयरफोन, हेडफोन र एयरबड्सको प्रयोग बढिरहेको छ। जसले गर्दा बजार हिस्सा पनि विस्तार भएको छ भने ब्रान्डहरु पनि थपिदै गएका छन्।

Tata
GBIME

ग्याजेट्स उत्पादकका कुरा गर्दा बजारमा थुप्रै कम्पनी छन्। बोट लाइफस्टाइल ब्रान्ड पनि एउटा अडियो एण्ड वेयरएबल्स लाइफस्टाइल टेक कम्पनी हो। यसले नेपालमा पनि अन्य ब्रान्डले जस्तै आफ्नो स्थान बनाउन खोजिरहेको छ। भारतको चर्चित अडियो र वेयरएबल्स ब्रान्ड बोट लाइफस्टाइल अब आधिकारिक रुपमा नेपाल प्रवेश गरेको छ। रमेश कर्पसँगको साझेदारीमा नेपाल भित्रिएको यस ब्रान्डले नेपाली बजारमा आफूलाई स्थापित गर्ने सम्भावना कसरी देखेको छ? बोट लाइफस्टाइल कम्पनीका सह-संस्थापक तथा शार्क ट्यांक इन्डियाका चर्चित जज अमन गुप्तालाई बिजमाण्डूका शुक्र गिरीले सोधे – बोट लाइफस्टाइल ब्रान्ड भारतमा नम्बर एक छ। तपाईलाई नेपाल आउन के कुराले प्रेरित गर्‍यो?

भारत र नेपाल दाजुभाइ जस्तै हौं। जब एक भाइले राम्रो उत्पादनहरु पाइरहेको छ भने अर्को भाइलाई किन नदिनु? नेपाल हाम्रो लागि एकदमै नजिक छ। हाम्रो लागि दोस्रो घर जस्तै हो। यहाँको भाषा बुझ्न धेरै सजिलो छ, संस्कृति पनि धेरै जसो मिल्दोजुल्दो छ। त्यसैले नेपाली जनताले के चाहन्छन बुझ्न पनि सजिलो हुन्छ। हाम्रो लागि नेपाल आउनु एक स्वाभाविक निर्णय थियो। नेपालमा काम गर्न नसक्ने कुनै कारण छैन। यो त हाम्रो एउटा सानो अंश जस्तै हो, हामी यस्तै महसुस गर्छौं।

नेपालमा पहिलेदेखि नै अडियो र वेयरएबल्सका डोमेस्टिक र अन्तर्राष्ट्रिय धेरै ब्रान्डहरु छन्। यो भीडमा बोट कसरी फरक देखिने योजनामा छ?

भारतमा पनि हामीले सुरु गर्दा धेरै ब्रान्डहरु थिए। नेपालमा पनि धेरै ब्रान्डहरु छन्, र यो राम्रो कुरा पनि हो। प्रतिस्पर्धाले उपभोक्तालाई छनोटको धेरै अवसरहरु दिन्छ। तर अन्त्यमा, कुन ब्रान्ड लिने वा नलिने उपभोक्ताले नै निर्णय गर्ने हो। हामी बेस्ट प्रोडक्ट दिनेछौं।

बजार निरन्तर विस्तार भइरहेको हुनाले सबै ब्रान्डलाई ठाउँ छ। भारतमा पनि हाम्रा प्रतिस्पर्धीहरु हामीजस्तै सफल भएका छन्। त्यसैले, नेपालमा पनि हामी मात्र नभई सबै प्रतिस्पर्धीहरु सँगसँगै अघि बढ्नुपर्छ भन्ने मेरो विश्वास छ। हामी मात्र होइन, सबै सँगै अघि बढ्नुपर्छ।

प्रोडक्टको सन्दर्भमा भन्नुपर्दा, हामीसँग अब क्वालकमजस्ता लगानीकर्ताहरु छन् जसले हामीलाई नयाँ प्रविधिहरु ल्याउन मद्दत गरिरहेका छन्। हाम्रा उत्पादनहरुको गुणस्तर अत्यन्त राम्रो छ। यो प्रमाणित र परीक्षण गरिएको कुरा हो। हामीले सबै प्रोडक्ट रेन्जहरु ल्याएका छैनौं। हामीले हाइ क्वालिटिका, प्रमाणित र परीक्षण गरिएका, राम्रा उत्पादनहरु मात्र नेपालमा ल्याइरहेका छौं।

यहाँ आयात शुल्क पनि धेरै उच्च छ जस्तो लाग्छ। त्यसैले, यो सजिलो बजार नभए पनि, हामी केही गरौं भन्ने हाम्रो उद्देश्य हो।

तपाईले नेपालमा रमेश कर्पलाई नै किन रोज्नुभयो? कुन कुराले उहाँहरुलाई सही साझेदार बनायो?

उहाँहरु नेपाली बजारमा एक प्रतिष्ठित र चिनिएको नाम हुन भन्ने मलाई लाग्छ। साथै हाम्रा मूल्य-मान्यताहरु र भिजनहरु पनि उहाँहरुसँग मेल खायो। मलाई लाग्छ, उहाँहरुले राम्रो काम गरिरहनुभएको छ।

आज हाम्रो उनीहरुसँगको आधिकारिक सहकार्यको पहिलो दिन हो र हामी यो साझेदारीलाई लिएर निकै उत्साहित छौं। यो एउटा राम्रो सुरुवात पनि हो। यो बजार सजिलो भने छैन, किनभने यहाँ आयात शुल्क पनि धेरै उच्च छ जस्तो लाग्छ। त्यसैले, यो सजिलो बजार नभए पनि, हामी केही गरौं भन्ने हाम्रो उद्देश्य हो। मलाई लाग्छ उपभोक्ताका लागि हामी मिलेर केही राम्रो गर्न सक्छौं।

रमेश कर्पसँग थप सहकार्य गरेर भविष्यमा नेपालमै उत्पादन गर्ने कुनै योजना

शतप्रतिशत हुन्छ! हामीले भर्खरै दुई वर्ष अगाडि मात्रै भारतमा उत्पादन सुरु गरेका छौं। अब केही निश्चित देशहरुमा मात्रै निर्भर नभइ नेपालमा पनि उत्पादन प्लान्ट स्थापना गर्नेबारे सोच्ने बेला आएको छ। यही कारणले हामीले भारतमा उत्पादन सुरु गर्यौं।

अहिले हामी उत्पादन कसरी गर्ने भनेर सिक्दैछौं र त्यसलाई व्यवस्थित गर्दैछौं।  

यो हाम्रो दिमागमा पहिले आएको थिएन, तर समय आएपछि हामी यसबारे पक्कै विचार गर्नेछौं। पहिला यहाँ बजारको माग कस्तो हुन्छ, त्यो हेर्नुपर्छ। माग बढ्दै गएपछि उत्पादन युनिट राख्नु स्वाभाविक हुन्छ। तर हामीले यसका लागि आवश्यक बजार क्रियट गर्दैछौं।

यदि माग नै छैन र हामीले कारखाना खोल्यौं भने त्यसले लागत र खर्च मात्र बढाउने अवस्था हुन्छ। अहिलेको लागि भारतबाटै बिक्री गर्नु राम्रो हुन्छ। जब नेपालमा बजार र माग ठूलो हिस्सामा हुन थाल्छ तब विस्तारै यहाँ उत्पादन प्लान्ट सुरु गर्न सकिन्छ। अहिले तत्काललाई सकिदैन।

उत्पादन सही भएन भने, कुरा बिग्रिन्छ। यदि तपाईसँग राम्रो उत्पादन छ तर त्यसको ब्रान्डिङ राम्ररी गर्नुभएन भने, कसैले पनि तपाईको उत्पादन देख्ने छैन।

नेपालमा बोटको सफलतालाई कसरी परिभाषित गर्नुहुन्छ? के यो केवल सेल्समा आधारित हुन्छ वा मानिसहरुसँग ब्रान्डको सम्बन्धमा?

बिक्री तब हुन्छ जब मानिसहरुले ब्रान्डलाई माया गर्न थाल्छन्। सफलताको मापन कहिल्यै पनि बिक्रीमा मात्रै हुनुहुँदैन। मानिसहरुको माया नै महत्त्वपूर्ण हो। यदि मानिसहरुले तपाईलाई माया गर्छन् भने, उनीहरुले तपाईको उत्पादन किन्नेछन् र त्यसपछि बिक्री स्वतः बढ्नेछ। तर यदि मानिसहरुले तपाईको ब्रान्डलाई मन पराउँदैनन् भने, तपाईले जति प्रयास गरे पनि बिक्री हुँदैन। त्यसैले, बिक्रीभन्दा ब्रान्ड बनाउनु धेरै महत्त्वपूर्ण छ।

धेरै पटक हामीले ब्रान्डको गुणस्तर कायम राख्न बिक्रीमा सम्झौता गर्नुपर्ने हुन्छ। यदि तपाईको ब्रान्ड स्थापित छ भने, उपभोक्ताहरु स्वतः तपाईतिर आउनेछन्। तर, यदि तपाईसँग बलियो ब्रान्ड छैन भने, जतिसुकै प्रयास गरे पनि बिक्री गर्न सक्नुहुने छैन। त्यसकारण, बिक्रीभन्दा ब्रान्ड धेरै महत्त्वपूर्ण छ।

उत्पादन सही भएन भने, कुरा बिग्रिन्छ। यदि तपाईसँग राम्रो उत्पादन छ तर त्यसको ब्रान्डिङ राम्ररी गर्नुभएन भने, कसैले पनि तपाईको उत्पादन देख्ने छैन।

अर्कोतर्फ, यदि तपाईसँग खराब उत्पादन छ र त्यसको बजारीकरण राम्ररी गर्नुभयो भने पनि त्यसको कुनै फाइदा छैन। किनभने मानिसहरुले तपाईको उत्पादन फेरि किन्ने छैनन् वा त्यसका रिभ्यु र फिडब्याकहरु खराब आउनेछन्।

त्यसैले, ब्रान्ड र उत्पादन सँगसँगै जानुपर्छ। यी दुई एकअर्काका परिपूरक हुन्।

ठूलो मात्रामा ‘ग्रे मार्केट’ र नक्कली उत्पादनहरु नेपालमा पहिलेदेखि नै बजारमा उपलब्ध छन्। त्यसैले, हामीले यी तीनवटै समस्यालाई एकसाथ समाधान गर्नुपर्ने चुनौतीहरु छन्।

नेपालमा बोट लाइफस्टाइलको लागि मुख्य चुनौतीहरु के-के थिए र छन्?

यहाँ मुख्य चुनौतीहरु धेरै थिए। सुरुमा त यहाँको भन्सार शुल्क निकै उच्च थियो। ठूलो मात्रामा ‘ग्रे मार्केट’ र नक्कली उत्पादनहरु नेपालमा पहिलेदेखि नै बजारमा उपलब्ध छन्। त्यसैले, हामीले यी तीनवटै समस्यालाई एकसाथ समाधान गर्नुपर्ने चुनौतीहरु छन्।

अहिले हामी रमेश कर्पसँग नजिकबाट काम गरिरहेका छौं र यी सबै कुरालाई व्यवस्थित गर्दैछौं, ताकि उपभोक्ताले सही र सक्कली उत्पादन मात्र पाउन। साथै हामी ग्रीन च्यानलबाट हुने आयात प्रक्रियालाई व्यवस्थित गर्ने प्रयास पनि गरिरहेका छौं।

मूल्य निर्धारणमा पनि हामीले काम गरेका छौं र यहाँको बजार निर्माण गर्ने प्रयास गरिरहेका छौं, जुन अत्यन्त महत्त्वपूर्ण छ। त्यसका लागि क्वालिटीको उत्पादन रिजनेबल मूल्यमा दिने प्रयास सधैं रहिरहन्छ।

यसबाहेक, बिक्रीपछिको सेवा (सर्भिस सपोर्ट) पनि धेरै महत्त्वपूर्ण छ, किनकि उपभोक्ताले सामान किनेपछि मर्मत गर्न नपाउनु राम्रो कुरा होइन। त्यसैले, मर्मत सेवा पनि उपलब्ध हुनुपर्छ। यी सबै पक्षहरुमा हामी अहिले काम गरिरहेका छौं।

उद्यमीको डीएनए संसारभरि कहीं पनि परिवर्तन हुँदैन, चाहे त्यो भारत होस् वा नेपाल। नेपालमा पनि, म आज शार्क ट्यांक शोमा थिएँ, मैले नेपालमा पनि धेरै स्टार्टअपहरु आइरहेका देखेँ। त्यसैले यो संस्कृति यहाँ पनि छँदैछ।

बोटलाई केवल एक टेक ब्रान्डको रुपमा नभई ‘लाइफस्टाइल ब्रान्ड’ को रुपमा चिनिन्छ। यसलाई तपाइँ कसरी डिफाइन गर्नुहुन्छ?

हामी एउटा भिन्न पहिचान बनाउने प्रयासमा छौं। बोट कहिल्यै पनि एउटा सामान्य इलेक्ट्रोनिक ब्रान्ड मात्र थिएन। यो सधैं एक ‘लाइफस्टाइल टेक ब्रान्ड’ रह्यो। किनभने मानिसहरु हेडफोन संगीत सुन्न मात्र लगाउँदैनन्, कहिलेकाहीँ घाँटीमा स्टाइलको लागि पनि लगाउँछन्। यो हाम्रो संस्कृति र पहिचानको एक हिस्सा बनिसकेको छ, र हामी यही पहिचानलाई कायम राख्न चाहन्छौं।

म बोटको यो पहिचान गुमाउन चाहन्नँ। यही कारणले गर्दा बोट अस्तित्वमा छ। हामी लाइफस्टाइल टेक हौं, यही नै हाम्रो वास्तविक परिचय हो।

हरेक स्टार्टअपले आफ्नो आइडिया पिचिङ गर्दा जान्नैपर्ने कुरा के हो? र भारतमा जस्तो नेपालको स्टार्टअप इकोसिस्टमलाई कसरी तयार पार्न सकिन्छ?

मलाई लाग्छ सबै उद्यमीहरुको डीएनए संसारभरी नै धेरै मिल्दोजुल्दो हुन्छ। एक उद्यमीको डीएनए भनेको कडा मिहिनेत गर्नु, आफ्नो धरातलीय यथार्थमा रहनु, आफ्ना ग्राहकहरुलाई चिन्नु। तपाईले यस्तो उत्पादन बनाउनुपर्छ, जसले ग्राहकको समस्या समाधान गरोस् वा उनीहरुको आकांक्षा पूरा गरोस्।

उद्यमीको डीएनए संसारभरि कहीं पनि परिवर्तन हुँदैन, चाहे त्यो भारत होस् वा नेपाल। नेपालमा पनि, म आज शार्क ट्यांक शोमा थिएँ, मैले नेपालमा पनि धेरै स्टार्टअपहरु आइरहेका देखेँ। त्यसैले यो संस्कृति यहाँ पनि छँदैछ। यदि यो उद्यमशीलताको संस्कृति विश्वभरि नै बढ्यो भने, त्यो मानवजातिको लागि राम्रो हो। नेपालमा पनि उद्यमशीलताको संस्कृति अलि राम्रो भयो भने, यो नेपालको लागि पनि राम्रो हुनेछ।

त्यसैले मलाई लाग्छ, मैले यहाँका साथी शार्कहरु र टिमसँग कुरा गरेअनुसार, नेपाल पनि स्टार्टअप इकोसिस्टमका लागि तयार हुँदैछ र शार्क ट्यांक नेपाल सही समयमा आएको छ। यो राम्रो कुरा हो।