BIZMANDU
www.bizmandu.com

आजको मौसम पूर्वानुमान : देशका पहाडी भेगका केही स्थानमा मुसलधारे वर्षा हुने

२०८२ असार १८

आजको मौसम पूर्वानुमान : देशका पहाडी भेगका केही स्थानमा मुसलधारे वर्षा हुने
आजको मौसम पूर्वानुमान : देशका पहाडी भेगका केही स्थानमा मुसलधारे वर्षा हुने

काठमाडौं। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै, देशका अधिकांश भागमा हल्का वर्षा हुनेछ।

Tata
GBIME

आज देशभर साधारणतया बदली रही कोशी, बागमती, गण्डकी प्रदेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने छ।

महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।