BIZMANDU
www.bizmandu.com

अर्थ मन्त्रालयले वैशाखमा गर्‍यो ८८ करोड थप निकासा, अतिरिक्त कर्मचारीको सुविधामा ४.३५ करोड

२०८२ असार १७

अर्थ मन्त्रालयले वैशाखमा गर्‍यो ८८ करोड थप निकासा,  अतिरिक्त कर्मचारीको सुविधामा ४.३५ करोड
अर्थ मन्त्रालयले वैशाखमा गर्‍यो ८८ करोड थप निकासा, अतिरिक्त कर्मचारीको सुविधामा ४.३५ करोड

काठमाडौं। अर्थ मन्त्रालयले वैशाखमा ३१ निकायका लागि ८८ करोड ५२ लाख ६४ हजार रुपैयाँ थप निकासा दिएको छ।

Tata
GBIME

गृह मन्त्रालय मातहतका विभिन्न निकायका लागि झण्डै ६० करोड रुपैयाँ दिइएको छ। केन्द्रीय हज कमिटीका लागि १ करोड, मिटरब्याज पीडितबारे छानबिनका लागि गठन भएको आयोगलाई १४ लाख ७७ हजार र सशस्त्र प्रहरी बलका लागि थप ३३ करोड १६ लाख रुपैयाँ दिइएको हो।

गृह मातहतकै राष्ट्रिय जोखिम न्यूनीकरण प्राधिकरणका लागि २७ करोड ३० लाख थप रकम दिइएको अर्थ मन्त्रालयले जनाएको छ।

मन्त्रालयले सर्वोच्च र जिल्ला अदालतहरूका लागि थप २४ लाख ५७ हजार निकासा गरेको छ। अर्थ मन्त्रालय मातहतकै भन्सार कार्यालयहरुलाई ३ करोड १५ लाख र आन्तरिक राजस्व कार्यालयहरूलाई १ करोड २ लाख रुपैयाँ निकासा गरिएको छ।

काठमाडौं-तराई-मधेश फाष्ट ट्र्याकका लागि २५ लाख, राष्ट्रपति कार्यालयलाई ४१ लाख, निर्वाचन कार्यालयहरूलाई ६८ लाख ८१ हजार र महालेखा नियन्त्रक कार्यालयलाई लागि २९ लाख ११ हजार दिइएको छ।

सामान्य प्रशासन मन्त्रालय मातहत अतिरिक्त कर्मचारीको पारिश्रमिक र भत्ताका लागि ४ करोड ३५ लाख थप निकासा गरिएको छ।