BIZMANDU
www.bizmandu.com

कुमारी बैंकले फोनपेसँगको सहकार्यमा सुरु गर्‍यो भर्चुअल क्रेडिट कार्ड सेवा

२०८२ असार १७

कुमारी बैंकले फोनपेसँगको सहकार्यमा सुरु गर्‍यो भर्चुअल क्रेडिट कार्ड सेवा
कुमारी बैंकले फोनपेसँगको सहकार्यमा सुरु गर्‍यो भर्चुअल क्रेडिट कार्ड सेवा

काठमाडौं। कुमारी बैंकले फोनपेसँगको सहकार्यमा भर्चुअल क्रेडिट कार्ड सेवा सुरु गरेको छ।

Tata
GBIME
Nepal Life

यो सेवा आफ्नो मोबाइल बैंकिङ एप कुमारी स्मार्टमार्फत सहजरुपमा लिन सकिने बैंकले मंगलबार प्रेस विज्ञप्तिमार्फत जनाएको छ।

भर्चुअल क्रेडिट कार्ड भौतिक कार्ड होइन। यो डिजिटलरूपमा जारी गरिने क्रेडिट कार्ड हो। ग्राहकले कुमारी स्मार्ट एपमार्फत सहजै मोबाइलबाट सेवा लिन सक्नेछन्।

फोनपेको क्यूआर मर्चेन्टहरुमा भुक्तानी कारोबार गर्न यो भर्चुअल क्रेडिट कार्ड ग्राहकले अधिकतम ४५ दिनसम्म बिनाब्याज उपभोग गर्न सक्ने बैंकले जनाएको छ। बैंकका अनुसार ग्राहकले सेटलमेन्टमा १० प्रतिशत वा शतप्रतिशत भुक्तानी गर्ने विकल्पसमेत छान्न सक्नेछन्।