काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष सन्तोषनारायण श्रेष्ठले आफ्नै लगानीको बुंगल हाइड्रोलाई आइपीओ निष्कासनको अनुमति दिएका छन्।
सेबोन अध्यक्ष सन्तोषनारायणले आफ्नो ३३ हजार कित्ता सेयर लगानी रहेको कम्पनीलाई प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले २९ लाख ५ हजार कित्ता आइपीओ आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई निष्कासन गर्न अनुमति दिएका हुन्।
यो कम्पनीमा सन्तोषनारायणका परिवारका सदस्यको पनि लगानी छ।
सन्तोषनारायण तिनै हुन् जो माथि आइपीओ निष्कासनको अनुमतिका लागि बिचौलिया प्रयोग गरेर कमिसनमा मोलमोलाइ गरेको आरोप छ। कमिसन मागेर आफ्ना कम्पनीलाई सेबोनले आइपीओ अनुमति नदिएको आरोप ऊर्जा उत्पादकहरुले दुई महिनादेखि लगाउँदै आएका छन्।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल छ।
कम्पनीले जारी पूँजीको ३५ प्रतिशतका दरले हुन आउने २९ करोड ५ लाख रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्न सेबोनबाट असार १५ गते अनुमति पाएको हो।