BIZMANDU
www.bizmandu.com

नेपाल विकास सहयोगको भविष्यका लागि स्वतन्त्र आयोगको पक्षमा, ओलीले भने- आर्थिक खाडल पुर्नुपर्छ

२०८२ असार १६

नेपाल विकास सहयोगको भविष्यका लागि स्वतन्त्र आयोगको पक्षमा, ओलीले भने- आर्थिक खाडल पुर्नुपर्छ
नेपाल विकास सहयोगको भविष्यका लागि स्वतन्त्र आयोगको पक्षमा, ओलीले भने- आर्थिक खाडल पुर्नुपर्छ

काठमाडौं। नेपाल विकास सहयोगको भविष्यका लागि स्वतन्त्र आयोगको पक्षमा उभिएको छ।

Tata
GBIME

प्रधानमन्त्री केपी शर्मा ओलीले गेट्स फाउन्डेसनले सोमबार स्पेनको सेभियामा राखेको विकास सहयोगको भविष्यका लागि स्वतन्त्र आयोगको घोषणा कार्यक्रमलाई सम्बोधन गरेका छन्।

ओलीले आयोगले अल्पविकसित र साना मुलुकको विकासका लागि देखिएको लगानीको खाडल पूर्ति गर्न योगदान दिनसक्ने विश्वास व्यक्त गरेको उनको सचिवालयले जनाएको छ।

‘यो आयोग स्थापनाको पहलका लागि म खुसी व्यक्त गर्छु। यसले सामाजिक र आर्थिक विकासमा सहायता वृद्धि भई लगानीको प्राथमिकता र विश्लेषणका लागि सन्तुलन मिलाउन सहयोग गर्ने विश्वास छ,’ उनले भने, ‘पेरिस सम्झौतासमेतका आधारमा विश्वको समग्र आर्थिक अवस्था, जलवायु परिवर्तन, विपद् जोखिम व्यवस्थापनको मूल्याङ्कन गरी आर्थिक दिगोपनामा लाग्नुपर्छ। नेपाल अल्पविकसित मुलुकबाट स्तरोन्नतिको चरणमा रहेको अवस्थामा हामीजस्ता मुलुकका लागि विकासमा रहेको आर्थिक खाडल पूर्तिका लागि विश्व आर्थिक प्रणालीको पुनरवलोकन गर्नुपर्छ।’

कार्यक्रममा ओलीका मुख्य सल्लाहकार विष्णु रिमाल पनि सहभागी थिए।

संयुक्त राष्ट्रसंघको ‘विकासका लागि वित्त’सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिने क्रममा आइतबारदेखि स्पेनको सेभियामा छन्।