काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले खेलाडी, प्रशिक्षक र खेल पत्रकारहरुलाई सम्मानित गरेको छ। आज सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा ६ जना खेलाडीलाई सम्मान गरिएको हो।
यस्तै, एकजना प्रशिक्षक, निर्णायक र चिकित्सक पनि सम्मानित भएका छन्।
राष्ट्रिय खेलकुद सम्मान एवम् खेलकुद पत्रकारित पुरस्कार वितरण समारोहमा १० जना खेल पत्रकारलाई पनि सम्मानित गरिएको छ।
खेलकुद पत्रकारिता पुरस्कारबाट सम्मानित हुनेमा बिजमाण्डूका खेल पत्रकार मुकुन्द घिमिरे पनि छन्। घिमिरेसहित पुरस्कृत हुने खेलाडी, अफिसियल र पत्रकारलाई खेलकुद मन्त्री तेजुलाल चौधरीले सम्मान र पुरस्कृत गरेका हुन्।
पुरस्कृत खेलाडी र अफिसियल
भरत सिंह महता – पारा तेक्वान्दो,
प्रेम बहादुर लिम्बु – तेक्वान्दो,
विर वहादुर महरा – तेक्वान्दो,
अनुजा कुलुङ राई – कवड्डी,
मानमती विष्ट – कवड्डी,
दिपा शाही – फुटबल
प्रशिक्षक – श्री कविराज नेगी लामा, तेक्वान्दो
निर्णायक – श्री धन कुमार मैनाली, बक्सिङ
चिकित्सक -डा. राजु डंगोल (महर्जन)
सम्मानित हुने पत्रकारहरू
मुकुन्द घिमिरे – (कोशी प्रदेश)
बसरद चन्द्र भट्टराई – (मधेश प्रदेश)
विक्रम कुमार बानिया – (बागमती, प्रदेश)
दिननाथ बराल – (गण्डकी प्रदेश)
स्वस्तिक श्रेष्ठ – (लुम्बिनी प्रदेश)
दिनेश कुमार बुढा – (कर्णाली प्रदेश)
दिनेश बहादुर विष्ट – (सुदूरपश्चिम प्रदेश)
नमिता दाहाल – (महिला समावेशी तर्फ)
रुपा गहतराज – (दलित समावेशी तर्फ)
श्रीलोचन राजोपाध्याय – (अनुभवी खेलकुद पत्रकार, केन्द्रीय)