BIZMANDU
www.bizmandu.com

तेह्रथुम पावर कम्पनीले निष्कासन गर्‍यो ४० करोड रुपैयाँ बराबरको हकप्रद सेयर

२०८२ असार १६

तेह्रथुम पावर कम्पनीले निष्कासन गर्‍यो ४० करोड रुपैयाँ बराबरको हकप्रद सेयर
तेह्रथुम पावर कम्पनीले निष्कासन गर्‍यो ४० करोड रुपैयाँ बराबरको हकप्रद सेयर

काठमाडौं। तेह्रथुम पावर कम्पनीले हकप्रद सेयर निष्कासन गरेको छ। कम्पनीले सोमबारदेखि चुक्ता पुँजीको सतप्रतिशत हकप्रद सेयर निष्कासन गरेको हो।

Tata
GBIME

तेह्रथुम पावरको अहिले ४० करोड रुपैयाँ चुक्ता पुँजी छ। कम्पनीले अंकित मूल्य १०० रुपैयाँ दरमा ४० लाख कित्ता सेयर निष्कासन गरेको जनाएको छ।

कम्पनीका लगानीकर्ताले साउन ४ गतेसम्म हकप्रदमा आवेदन दिन सक्नेछन्। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले तेह्रथुम पावरलाई वैशाख १९ गते हकप्रद सेयर निष्कासनको अनुमति दिएको थियो।

कम्पनी आर्थिक वर्ष २०८०/८१ पुससम्म १३ करोड ७१ लाख रुपैयाँ संचित नोक्सानीमा छ। प्रति सेयर आम्दानी ९.९४ र प्रति सेयर नेटवर्थ ६५.७२ रुपैयाँ छ।

कम्पनीको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ छ।