BIZMANDU
www.bizmandu.com

ऊर्जामन्त्री खड्काले चीनमा रहेका नेपालीलाई भने- देशको जलविद्युतमा निर्धक्क भएर लगानी गर्नुस्

२०८२ असार १५

ऊर्जामन्त्री खड्काले चीनमा रहेका नेपालीलाई भने- देशको जलविद्युतमा निर्धक्क भएर लगानी गर्नुस्
ऊर्जामन्त्री खड्काले चीनमा रहेका नेपालीलाई भने- देशको जलविद्युतमा निर्धक्क भएर लगानी गर्नुस्

काठमाडौं। ऊर्जामन्त्री दीपक खड्काले चीनमा रहेका नेपालीलाई देशको जलविद्युतमा लगानी गर्न आग्रह गरेका छन्।

Tata
GBIME

खड्काले बेइजिङमा आयोजित ट्रेड फेस्ट आइतबार अवलोकनका क्रममा लगानी सुरक्षाको जिम्मा सरकारले लिने भन्दै ऊर्जा क्षेत्रमा लगानी गर्न आग्रह गरेको उनको सचिवालयले जनाएको छ।

‘ऊर्जा क्षेत्रमार्फत देशको आर्थिक समृद्धि गर्न सकिन्छ। जो जहाँ भए पनि नेपालीको माया नेपालमै हुन्छ। सरकारले लगानीको वातावरण निर्माण गरिसकेको छ। हामी सबै मिलेर देशको विकासमा जुट्नुपर्छ,’ खड्काले भने, ‘तपाइँहरु निर्धक्क भएर लगानी गर्नुस्। सरकारले सुरक्षाको जिम्मा लिन्छ।’

सरकारले सन् २०३५ सम्ममा विद्युत उत्पादन २८ हजार ५०० मेगावाट पुर्‍याउने लक्ष्य लिएको छ। खड्काले जलस्रोत विधेयकमार्फत नीतिगत अस्पष्टता हटाएर लगानीकरक्तालाई थप प्रोत्साहित गर्ने बताए। त्यो विधेयक संसद्बाट चाँडै पारित गर्ने उनको भनाइ छ।