काठमाडौं। चालु आर्थिक वर्षमा मनसुन चाडै सक्रिय भएपछि वर्षे धानको रोपाइँ सुरु भएको छ। हालसम्म देशभर १५.६ प्रतिशत भएको छ।
कृषि विभागको तथ्यांकअनुसार सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा ४५.५ प्रतिशत रोपाइँ भइसकेको छ। कर्णाली प्रदर्शमा ३९.१ प्रतिशत रोपाइँ भएको छ।
बागमती प्रदेशमा २०.५ प्रतिशत, कोशी प्रदेशमा १४.३ प्रतिशत, गण्डकी प्रदेशमा १३.८ प्रतिशत, लुम्बिनीमा ९.७ प्रतिशत रोपाइँ भइसकेको छ। मधेश प्रदेशमा ३.९ प्रतिशत रोपाइँ भएको छ।
हालसम्म कुल २ लाख १७ हजार २८९ क्षेत्रफलमा धान रोपाइँ भएको हो। समग्रमा गत वर्षको तुलनामा धान रोपाइँ कम भएको छ। गत असार १५ गतेसम्म देशभर १७.२ प्रतिशत रोपाइँ भएको थियो।
सुदूरपश्चिम, कर्णाली, बागमती, कोशी र गण्डकीमा भने गत वर्षको तुलनामा धान रोपाइँ धेरै भएको छ। आर्थिक वर्ष २०८२/८३ मा करिब १३ लाख ९५ हजार २०७ हेक्टरमा धान रोपाइँ हुने अनुमान गरिएको छ। जुन गत वर्षको भन्दा कम हो।
चालु आव २०८०८१/८२ मा १४ लाख २० हजार भन्दा बढी क्षेत्रफलमा रोपाइँ भएको थियो। धान उत्पादन पनि ४ प्रतिशतले बढेको थियो।