काठमाडौं। सेयर बजार परिसूचक २६.५३ अंकले बढेको छ। उत्पादनमूलक बाहेकका उपसमूहले नेप्से बढाएर २६२२.२८ विन्दुमा पुर्याएका हुन्।
लामो समयपछि बैंकिङ उपसमूहमा लगानीकर्ताको आकर्षण देखिएको छ। यो उपसमूहको सूचक आइतबार २ प्रतिशतले उकालो लागेको छ। नेप्सेमा सूचीकृत १९ वटै वाणिज्य बैंकको सेयर मूल्य बढेको छ।
सप्तकोशी विकास बैंकको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ।
बजारमा ७ अर्ब १२ करोड रुपैयाँको सेयर किनबेच भएको छ। धेरै कारोबार हुने शीर्ष ५ कम्पनीको सूचीमा भने जलविद्युत कम्पनी छन्। साहस ऊर्जाको ५७ करोड ८६ लाख रुपैयाँको सेयर किनबेच भएको छ।